• Thu. Apr 24th, 2025

को को छन् भद्रपुरमा प्रमुख उपप्रमुखका प्रत्यासी ?

BySaptahik Samachar

२५ चैत्र २०७८, शुक्रबार १०:५५ २५ चैत्र २०७८, शुक्रबार १०:५५ २५ चैत्र २०७८, शुक्रबार १०:५५

भद्रपुर २५,चैत्र /स्थानीय तहको निर्वाचन मिति घोषणा संगसंगै राजनीतिक दलहरूले चुनावी तयारी थालेका छन्। दलहरू अहिले गठबन्धन गर्ने, उपयुक्त र जित्ने उम्मेदवारको पहिचान गर्ने र मतदातालाई आफ्नो पक्षमा पार्न कोठे वैठक, घरदैलो र पार्टी प्रवेश गराएर संगठन विस्तार अभियान चलाई रहेका छन्।
नेपाली कांग्रेसले चुनावी रणनीतिका रूपमा नववर्षलाई अवसरका रूपमा लिदै शुभकामना आदान प्रदान गर्न घरदैलो अभियान सञ्चालन गरेको छ। सिरूवा र रमजान पर्वसंगै नववर्ष 2079 का अवसरमा शुभकामना सहित कांग्रेसका तर्फबाट आ-आफ्ना वडाका सम्भावित उम्मेदवार सहित घरदैलोमा जुटेको पाइन्छ।
भद्रपुरमा नगरपालिकाको मेयरका लागि काँग्रेसका गणेश पोखरेल प्रवल दावेदार मानिएका छन् । अघिल्लो निर्वाचनमा पनि एमालेका उम्मेदवार जीवनकुमार श्रेष्ठको निकटतम प्रतिष्पर्धी रहेका पोखरेल अहिले नेपाली काँग्रेसका ३नं.क्षेत्रीय सभापति हुनुहुन्छ। पार्टी नेता कृष्णप्रसाद सिटौलाका विश्वास पात्र उहाँले टिकट पाउने लगभग निश्चित जस्तै छ।
यद्यपि नगर प्रमुखका लागि पूर्व प्रमुख भारतेन्दुकुमार मल्लिक, भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख तथा रेडक्रसकर्मी भक्त खवास र उपप्रमुखमा उठेर अघिल्लो पटक पराजित हुनुभएका राजेन्द्र घिमिरेको पनि दावी रहेको छ। तर पोखरेलको सामुन्ने उहाँहरूको माग निरीह बन्ने देखिन्छ।
उपप्रमुखमा कांग्रेसले गठबन्धनका लागि भाग छोडे जस्तो देखिएको छ। उसले उपप्रमुखका लागि कसैको नाम प्रचारमा नल्याए पनि गठबन्धन नभएमा भने शर्मिला अधिकारी झाले दावी प्रस्तुत गर्ने सम्भावना देखिएको छ। उपप्रमुखको टिकट नपाउने हो भने आफूलाई वडाध्यक्ष दिनु पर्ने उहाँको मांग छ।
त्यस्तै, नेकपा एमालेबाट भद्रपुरमा प्रमुखका लागि मुख्यतः छजनाको दावी देखिएको छ। दावी गर्नेहरूमा नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, असारू राजवंशी, कालीचरण वस्नेत, टिका प्याकुरेल र रामप्रसाद दवाड हुनुहुन्छ । पार्टी तहमा उहाँहरूले नाम चर्चामा ल्याएको बताइन्छ भने उपप्रमुखमा एमालेबाट हालका ७ नं.वडा अध्यक्ष विनोदप्रसाद पोखरेल र हरि तिम्सिनाको दावी रहेको पार्टी पंक्तिमा चर्चा चलेको छ।
सत्ता गठबन्धनकै बलियो घटक नेकपा माओवादीले शिवकुमार राजभण्डारीलाई प्रमुख पदमा उम्मेदवारीका लागि तयार राखे पनि तालमेल र गठबन्धनका कारण तलमाथि पर्ने गरी रणनीति बुनिरहेको स्रोतले वताएको छ।
त्यसैगरी संसदीय निर्वाचनमा बलियो उपस्थिति जनाएर यही क्षेत्रबाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनको पकड बलियो बन्दै गएको भद्रपुरमा राप्रपाले पनि विगतका उम्मेदवारलाई दोहोर्याउने सम्भावना छ। लिङ्देन पार्टीको सभापति जिते पछि यस नगरमा अझ बढी संगठन विस्तार भएको राप्रपाले प्रमुखमा नवराज पनेरू”राजु र उपप्रमुखमा राधा कार्कीलाई उम्मेदवार बनाउने लगभग निश्चित नै भएको पार्टी स्रोतले जनाएको छ।

8 thoughts on “को को छन् भद्रपुरमा प्रमुख उपप्रमुखका प्रत्यासी ?”
  1. На сайте pinco можно найти всё для ставок и казино. Pinco — современная букмекерская контора и онлайн казино. Промокод pinco приносит дополнительные фриспины. Пинко казино предлагает топовые игровые автоматы. Официальный сайт пинко обновляется регулярно и стабильно работает. Pinco работает и в браузере, и в приложении — удобно. Pinco — отличный вариант для новичков и опытных игроков. Pinco — лучший выбор для азартных игр в Кыргызстане. Промокод пинко активируется сразу при регистрации pinco промокод.

Leave a Reply to Russian Beauty in Ankara Cancel reply

Your email address will not be published. Required fields are marked *