• Wed. Aug 27th, 2025

कुशे औंशीमा सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरद्वारा वृद्धहरुको सम्मान

BySaptahik Samachar

७ भाद्र २०८२, शनिबार १६:०५ ७ भाद्र २०८२, शनिबार १६:०५ ७ भाद्र २०८२, शनिबार १६:०५

भद्रपुर ७,भदौ / कुशे औंशीसँगै बाबुको मुख हेर्ने दिनको सन्दर्भ पारेर आज सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरले वडा नम्बर ५ का बुवाहरुलाई सम्मान गरेको छ।
   भद्रपुर नगरपालिका वडा नम्बर ५ को सभा कक्षमा नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र सेवा केन्द्रकी अध्यक्ष शिला खड्का-श्रेष्ठको सभापतित्वमा सम्मान कार्यक्रम सम्पन्न भएको हो।
सम्मान कार्यक्रममा वडा नम्बर ५ का १० जना वृद्ध बुवाहरूलाई ढाकाटोपी,रामनामी बर्को , मिष्ठान्न र नगद प्रदान गरिएको थियो। दाताहरू चतुर्भुज सरिया, रवि गुप्ता, पूजा शर्मा, सुधा खड्का, मनोज श्रेष्ठ लगायत सामुदायिक सेवा केन्द्रका पदाधिकारी सदस्यहरुबाट सहयोग जुटाइएको थियो।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, विशिष्ट अतिथि नगर उपप्रमुख राधा कार्की, सगरमाथा सामुदायिक सिकाई केन्द्र भद्रपुरका अध्यक्ष तोया गड्तौला, साना हात नेपालका भद्रपुर इन्चार्ज विक्रम वाग्लेले शुभकामना मन्तव्य राख्नुभएको थियो। सेवा केन्द्रका महासचिव हेमकुमार घिमिरेले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सदस्य गीता श्रेष्ठले राख्नुभएको थियो।

19 thoughts on “कुशे औंशीमा सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरद्वारा वृद्धहरुको सम्मान”
  1. of course like your website but you have to check the spelling on several of your posts A number of them are rife with spelling issues and I in finding it very troublesome to inform the reality on the other hand I will certainly come back again

Leave a Reply

Your email address will not be published. Required fields are marked *