• Thu. Jun 26th, 2025

कीचकबधको स्थगित उत्खनन कार्य पुनः शुरू

BySaptahik Samachar

२७ फाल्गुन २०८१, मंगलवार १८:०८ २७ फाल्गुन २०८१, मंगलवार १८:०८ २७ फाल्गुन २०८१, मंगलवार १८:०८

भद्रपुर २७,फागुन / पुरातात्त्विक महत्त्वको झापा  कीचकबधको स्थगित उत्खनन कार्य पुनःशुरू भएको छ। भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित ऐतिहासिक तथा धार्मिकस्थल कीचकबधमा यस अघि उत्खनन गर्दा भेटिएका ५ वटा भवनको संरचनाको अध्ययनका लागि हिजोबाट थप उत्खनन शुरू भएको हो।आठौँ पटकको उत्खननका लागि पुरातत्त्व विभागबाट पुरातत्त्वविद् उद्धव आचार्यको नेतृत्वमा पुरातत्त्व अधिकृत नवराज अधिकारी,फोटोग्राफी अधिकृत रमेश श्रेष्ठ र आर्किटेक्ट इन्जिनियर शुष्मा पाठक सम्मिलित ४ सदस्यीय टोली संलग्न छ।
     झापाको भद्रपुर २ र ३को सीमा देउनिया खोलाको दक्षिण किनारमा अवस्थित १० बिघा क्षेत्रफलको कीचकवधस्थलमा गत वर्षसम्मकै उत्खननबाट साना ठूला गरी ५ वटा भवनका संरचना पाइएको पुरातत्त्वविद् आचार्यले बताउनुभएको थियो।

गतवर्षनै त्यहाँ, उत्तर–पूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिण अर्को भवन, सोही भवनकै उत्तर–पश्चिम छेउमा सेन्ट्री बस्ने सहितको अर्को भवन र सोही भवनको केही पश्चिम–दक्षिण अर्को बहुतले भवन तथा यी ४ वटा भवनको दक्षिणतिर करीब २ सय फूटको दूरीमा सुरक्षाकर्मीका प्रमुखसहित अरु सुरक्षाकर्मी बस्ने २ तले अर्को भवन गरी ५ वटा भवनका संरचना फेला परेको बताइएको थियो।
   ‘ यस वर्ष आठौँ उत्खनन् शुरू भएको छ,गत वर्ष भेटिएको मूल भवनको अधुरो कामलाई यस वर्ष पूरा गर्ने लक्ष्य छ ‘,पूरातत्त्वविद् आचार्यले भन्नुभयो- ‘ गत वर्ष भेटिएको भवनको अधुरो काम पूर्ण गर्ने र सम्भव भएसम्म त्यस उत्तरको अर्को संरचनाको पनि उत्खनन गर्नेछौ। ‘

ती संरचना र त्यहाँ भेटिएका अन्य पुरातात्त्विक सामग्रीको कार्बन परीक्षण लगायतका परीक्षणबाट यो स्थल शुंग–कुषाणकाल अर्थात् १ सय २० देखि २ सय इशापूर्व अर्थात् आजभन्दा २ हजार २ सय वर्ष पुरानो स्थल रहेको पुष्टि भइसकेको उहाँको भनाइ छ।
   यो ऐतिहासिकस्थल गुप्तकाल अर्थात् इशाको पाँचौं शताब्दीसम्म कायमै रहेको र यस क्षेत्रमा पाँचौं शताब्दीमा आएको शक्तिशाली भूकम्पले सबै ध्वस्त भएर खण्डहरमा परिणत भएको अनुमान फ्रेञ्च भूगर्भविद् सहितको एउटा टोलीले केही वर्ष अघिको अध्ययन भ्रमणमा गरेको थियो। उत्खनन पछि अझ मुनि थप उत्खनन गर्दैजाँदा अझै अघिल्लो कालको पुष्टि हुने संरचना पनि पाइने संकेत छ, आचार्यले भन्नुभयो ‘ अहिलेसम्मको अनुसन्धानबाट यस स्थलको ऐतिहासिकता बुद्धकालभन्दा पनि अगाडि जानसक्ने सम्भावना छ,तर यसको पुष्टि भने अन्तिम उत्खननपछि मात्र गर्न सकिन्छ। ‘
     हाम्रो सुझाव अनुसार उत्खनन गरिने क्षेत्रका रुखहरू हटाइएको र किचकबधको मूर्ति स्थानान्तरण गरिएकोले उत्खनन कार्य सहज भएको छ, अव क्लबभित्रको हल हटाउनु पर्ने , किचकबधस्थलभित्र सवारीसाधनको प्रवेश रोक्नु पर्ने र संरक्षित यस ऐतिहासिक संरचनाको कडाइका साथ संरक्षण हुनु पर्ने आवश्यकतामा उहाँले जोड दिनु भएको छ।

वि.स. २०५८ मा पहिलो पटक यस स्थलको उत्खनन पुरातत्त्व विभागले पुरातत्त्वविद् उद्धव आचार्यकै नेतृत्वमा गराएको थियो । यसपटकको आठौं यो उत्खनन एक महिनासम्म गरिनेछ।उत्खनन गरिएको खण्डलाई संरक्षण गरेर मात्र  फर्कने पुरातत्त्व अधिकृत नवीन अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो -‘ यसको संरक्षणमा स्थानीय समुदायको पनि उत्तिकै दायित्व छ।’पहिले गरिएका उत्खननमा पुराना माटाका भाँडा, बाण,लुम्बिनीमा पाइएका जस्ता ठूला आकारका चेप्टा इँटा लगायतका पुरातात्त्विक सामग्री फेला परेकाले तीनलाई पुरातत्त्व विभागमा सुरक्षित राखिएको छ।

115 thoughts on “कीचकबधको स्थगित उत्खनन कार्य पुनः शुरू”
  1. A code promo 1xBet est un moyen populaire pour les parieurs d’obtenir des bonus exclusifs sur la plateforme de paris en ligne 1xBet. Ces codes promotionnels offrent divers avantages tels que des bonus de dépôt, des paris gratuits, et des réductions spéciales pour les nouveaux joueurs ainsi que les utilisateurs réguliers.code promo 1xbet brazzaville

  2. A code promo 1xBet est un moyen populaire pour les parieurs d’obtenir des bonus exclusifs sur la plateforme de paris en ligne 1xBet. Ces codes promotionnels offrent divers avantages tels que des bonus de dépôt, des paris gratuits, et des réductions spéciales pour les nouveaux joueurs ainsi que les utilisateurs réguliers.code promo 1xbet madagascar

  3. A code promo 1xBet est un moyen populaire pour les parieurs d’obtenir des bonus exclusifs sur la plateforme de paris en ligne 1xBet. Ces codes promotionnels offrent divers avantages tels que des bonus de dépôt, des paris gratuits, et des réductions spéciales pour les nouveaux joueurs ainsi que les utilisateurs réguliers.quel est le code promo de 1xbet

  4. A code promo 1xBet est un moyen populaire pour les parieurs d’obtenir des bonus exclusifs sur la plateforme de paris en ligne 1xBet. Ces codes promotionnels offrent divers avantages tels que des bonus de dépôt, des paris gratuits, et des réductions spéciales pour les nouveaux joueurs ainsi que les utilisateurs réguliers.code 1xbet télécharger

  5. A code promo 1xBet est un moyen populaire pour les parieurs d’obtenir des bonus exclusifs sur la plateforme de paris en ligne 1xBet. Ces codes promotionnels offrent divers avantages tels que des bonus de dépôt, des paris gratuits, et des réductions spéciales pour les nouveaux joueurs ainsi que les utilisateurs réguliers.code promo 1xbet ci

  6. Normally I do not read post on blogs, however I wish to say that this write-up very pressured me to check out and do it! Your writing taste has been surprised me. Thank you, very great article.

Leave a Reply to RobertNup Cancel reply

Your email address will not be published. Required fields are marked *