• Thu. Jun 26th, 2025

किचकबधमा थप उत्खनन सुरु/

BySaptahik Samachar

१० चैत्र २०८०, शनिबार १९:०१ १० चैत्र २०८०, शनिबार १९:०१ १० चैत्र २०८०, शनिबार १९:०१

किचकबधको ऐतिहासिकता लगभग २२ सय वर्ष पुरानो भएको पुष्टि

चिन्तामणि दाहाल,
भद्रपुर १०,चैत / झापाको भद्रपुर-३ को पृथ्वीनगरस्थित देउनिया किनारमा रहेको ऐतिहासिक तथा धार्मिकस्थल किचकबधको ऐतिहासिकता प्रमाणित गर्न पुरातत्व विभागको टोलीले थप उत्खननको काम सुरु गरेको छ ।
२०५८ सालमा पहिलो पटक उत्खनन सुरु गरेको पुरातत्व विभागको टोलीले अहिलेसम्म ६ पटक उत्खनन गरिसकेको छ । यसपटकको उत्खनन सातौं भएको उत्खननको नेतृत्व गरिरहनु भएका पुरातत्वविद् उद्धब आचार्यले बताउनु भयो ।  
यसअघिका उत्खननबाट फेला परेका पुरातात्विक सामग्रीहरुको बैज्ञानिक परीक्षणमा यो स्थलको ऐतिहासिकता करीब २२ सय बर्ष पुरानो भएको पाइएको छ । पुरातत्वविद आचार्यले भन्नुभयो- किचकबधको ऐतिहासिकता इसा पूर्व १ सय २० देखि २ सय बर्षसम्मको रहेको परीक्षणबाट पुष्टि भएको छ। उहाँ का अनुसार यो पुस्ट्याइँले शुँग कुषाण काल चलेको समयमा यस स्थलमा पनि कुनै शासकको दरबार र किल्ला रहेको अनुमान गर्न सकिने भएको छ ।
यो संरचना इसाको पाँचौं शताव्दिसम्म कायम रहेको अर्थात भारतको गुप्तकालसम्म कायम रहेको र त्यो समयमा यस क्षेत्रमा आएको ठूलो भुकम्पले  यो स्थल ध्वस्त भएको फ्रेन्च भुगर्भविदको अध्ययनले देखाएको पुरातत्वविद् आचार्यले बताउनुभयो।
यसपटकको उत्खनन उत्तर पूर्वी कुनाको पहिला मन्दिर रहेको क्षेत्रमा भइरहेको जनाउँदै यसभन्दा पश्चिम जान अहिले भइरहेको हल जस्तो संरचना भत्काउनु पर्नेमा अहिलेसम्म नभत्काईंंदा समस्या भएको उहाँले वताउनु भयो ।
उहाँले पहिले उत्खनन गरेर संरक्षित गरेका स्थानमा पनि मान्छे हिँडन नहुनेमा हिँडेर भत्काउने गरेको र त्यसलाई संरक्षण समितिले सुरक्षित राख्न ध्यान दिएमात्र यसको ऐतिहासिकता सुरक्षित रहने उल्लेख गर्नुभयो।
उत्खनन कार्यमा सहभागी पुरातत्व विभागका अधिकृत नवराज अधिकारीका अनुसार यसपटक यही चैत २ गतेबाट उत्खनन सुरु भएको हो। उहाँले भन्नुभयो – उत्खनन १८ गतेसम्म हुने र समय मिले संरक्षित गरेर जाने वताउँदै बाँकी काम पुरातत्व विभागले सक्ने गरी अर्को बर्ष बजेट दिएमा सकिने र संरक्षित गरिने स्पष्ट गर्नुभयो ।
यसपटकको टोलीमा पुरातत्वविद आचार्य, पुरातत्व विभागका अधिकृत नवराज अधिकारी, इन्जिनियर रोशनी महर्जन, प्राविधिक सहायक महेशवाबु शर्मा राजोपाध्याय र फोटोग्राफर राजन पौडेल हुनुहुन्छ।

133 thoughts on “किचकबधमा थप उत्खनन सुरु/”
  1. Эта публикация погружает вас в мир увлекательных фактов и удивительных открытий. Мы расскажем о ключевых событиях, которые изменили ход истории, и приоткроем завесу над научными достижениями, которые вдохновили миллионы. Узнайте, чему может научить нас прошлое и как применить эти знания в будущем.
    Получить дополнительную информацию – https://narko-zakodirovat1.ru/

  2. ¡Hola, participantes del juego !
    Casino online extranjero con juegos nuevos cada semana – п»їhttps://casinoextranjero.es/ casinoextranjero.es
    ¡Que vivas instantes únicos !

  3. ¡Saludos, aventureros de la emoción !
    Mejores casinos online extranjeros con carga instantГЎnea – п»їhttps://casinoextranjerosdeespana.es/ casinos extranjeros
    ¡Que experimentes maravillosas premios excepcionales !

  4. Hello advocates of well-being !
    Smoke Purifier – For Every Room Size – п»їhttps://bestairpurifierforcigarettesmoke.guru/ what is the best air purifier for cigarette smoke
    May you experience remarkable magnificent freshness !

  5. ¡Hola, jugadores expertos !
    Casinos no regulados sin polГ­tica de autoexclusiГіn – п»їhttps://casinosinlicenciaespana.xyz/ casinos sin licencia
    ¡Que vivas increíbles instantes únicos !

Leave a Reply

Your email address will not be published. Required fields are marked *