• Tue. Mar 3rd, 2026

कारितासद्वारा भद्रपुर नगरपालिकालाई आइसोलेसन किट प्रदान

BySaptahik Samachar

२१ श्रावण २०७८, बिहीबार २०:०२ २१ श्रावण २०७८, बिहीबार २०:०२ २१ श्रावण २०७८, बिहीबार २०:०२

भद्रपुर, २१ साउन /कारितास नेपालले भद्रपुर नगरपालिकालाई १सय ५० पोका आइसोलेसन किट उपलब्ध गराएको छ। नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई कारितास नेपाल दमकका क्षेत्रीय प्रवन्धक देवेन्द्र पोखरेलले भद्रपुर नगरपालिकामा आज आयोजित संक्षिप्त कार्यक्रममा आइसोलेसन किट हस्तान्तरण गर्नुभएको हो।

ती सामग्रीहरू कोभिड संक्रमित भई होम आइसोलेसनमा बसेका भद्रपुर बासीलाई प्रदान गरिनेछ। हस्तान्तरित किटको प्रत्येक पोकामा दुई प्याकेज सर्जिकल मास्क, एक बक्स डिस्पोजेवल ग्लोव्स्, एक थान डिजिटल थर्मामिटर, ५ सय एम एल ह्याण्डवास, दुई शिशी सेनिटाइजर, तीन पत्ता पारासिटामोल र एक एक थान अक्सिमिटर रहेको कारितास नेपालका भद्रपुर सहयोगी नवीन पौडेलले जानकारी दिनुभयो।

सो कार्यक्रम पश्चात नगर प्रमुख श्रेष्ठले आजै केही किट भद्रपुर १० नं. वडाका कोरोना संक्रमितलाई प्रदान गर्नुभएको छ। कार्यक्रममा कारितास नेपाल दमकका प्रवन्धक पोखरेलले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो भने नगर प्रमुख श्रेष्ठले कारितासलाई धन्यवाद दिदै सम्वन्धित व्यक्तिहरूको हात हातमा पुर्‍याउने विश्वास दिलाउनु भएको थियो। कार्यक्रम मा नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराई लगायतको उपस्थिति थियो।

8 thoughts on “कारितासद्वारा भद्रपुर नगरपालिकालाई आइसोलेसन किट प्रदान”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply to ios超级签 Cancel reply

Your email address will not be published. Required fields are marked *