• Sun. Oct 27th, 2024

काम गर या छोड’ : कोशी पूर्वाधार विकास मन्त्री

BySaptahik Samachar

११ कार्तिक २०८१, आईतवार १४:४५ ११ कार्तिक २०८१, आईतवार १४:४५ ११ कार्तिक २०८१, आईतवार १४:४५

भद्रपुर १०,कात्तिक / सडक निर्माणको ठेक्का लिएर लथालिंग छोड्ने निर्माण व्यवसायीहरूलाई विकल्प रोज्न कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चेतावनी दिएको छ ।
प्रदेशका विभिन्न अलपत्र सडकहरूको स्थलगत अनुगमन अभियान नै थालेको मन्त्रालयले काम छोड्ने या निर्धारित मितिमा सम्पन्न गर्नेमध्ये एउटा विकल्प रोज्न कडिकडाई गर्दै कार्वाही प्रक्रियामा अघि बढ्न मन्त्रालयलाई बाध्य नपार्न चेतावनी दिएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई, राज्यमन्त्री भूमिप्रसाद राजवंशी लगायत मन्त्रालयका सचिव र प्रमुख इञ्जिनीयरहरू सम्मिलित अनुगमन टोलीले कार्तिक १० गते सुनसरी जिल्ला, धरान उपमनपा.–१५ को निरज बस्ती हुँदै हर्दिया पेलपुर ढाडे कन्या पोखरीबाट धरान १, ४ र ५ जोड्ने रुग्ण सडकको स्थलगत अनुगमन गरी स्थानीय सरोकारवाला र बासिन्दा भेला गराइ छलफल समेत गरेको छ ।

सडकको दुरावस्था, त्यसबाट स्थानीयलाई परेको समस्या, समयमा काम नहुँदा बढिरहेको आर्थिक भार निर्माण व्यवसायीहरूकै लापर्वाहीका कारण भइरहेको विषयमा मन्त्री राई र राज्यमन्त्री राजवंशीले स्पष्ट पार्नु भएको थियो।
मन्त्रालयको टोली कोशी प्रदेशभरि स्थलगत अनुगमनमा रहेकोे सञ्जीव प्रधानले जानकारी दिनु भएको हो।

Related Post

रोलिङ च्यालेन्ज कपको उपाधि आयोजकलाई
भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत
झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।
2 thoughts on “काम गर या छोड’ : कोशी पूर्वाधार विकास मन्त्री”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed