• Thu. Apr 24th, 2025

कांग्रेसको तल्लो तहको अधिवेशन स्थगित, महाधिवेशनको मिति यथावत

BySaptahik Samachar

९ श्रावण २०७८, शनिबार १७:०८ ९ श्रावण २०७८, शनिबार १७:०८ ९ श्रावण २०७८, शनिबार १७:०८

भद्रपुर ९,साउन। साप्ताहिक समाचारदाता। नेपाली काँग्रेसको गाउँ तथा नगर अधिवेशन स्थगित भएको छ। नकिन समयमै हुन सकेन काँग्रेसको वडा अधिवेशन ? – नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको ढिलाइका कारण आशन्न १४औँ महाधिवेशनअन्तर्गत अन्य महाधिवेशन कार्यतालिका प्रभावित भएको हो ।

 कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले यही साउन १२ गते निर्धारित गाउँ नगर वडा अधिवेशन स्थगन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
किन समयमै हुन सकेन काँग्रेसको वडा अधिवेशन ?

यही साउन १२ गते क्रियाशील सदस्यता छानविन समितिका संयोेजक रमेश लेखकले समितिको प्रतिवेदन केन्द्रीय नेतृत्वलाई बुझाउने र त्यसपछि मात्रै वडा अधिवेशनको नयाँ मितिबारे निणर्य हुने कार्यसूची थियो ।कांग्रेस क्रियाशील सदस्यताको सुचीमा पार्टी सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकिएको थियो ।

केही जिल्लाको विवादका कारण उक्त कार्य अहिलेसम्म सम्पन्न हुन नसकेपछि महाधिवेशन कार्यतालिका प्रभावित भएको हो ।पाटी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा केन्दीय महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य महाधिवेशन कार्यतालिका हेरफेर गर्न सकिनेबारे छलफल भएको थियो ।

गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो । संशोधित कार्यतालिका अनुसार गाउँ–नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँनगर अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गतेका लागि तोकिएको छ । त्यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एक भन्दाबढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ तथा प्रदेश अधिवेशन भदौ १ र २ गते का लागि निर्धारण गरिएको छ ।

193 thoughts on “कांग्रेसको तल्लो तहको अधिवेशन स्थगित, महाधिवेशनको मिति यथावत”
  1. Hi there very nice blog euy!! Guy.. Excellent.. Awesome.. I’ll bookmark your site euy and take the feeds additionally yes? may i? I am glad to find so many useful information right here euy within the submit, we need develop extra strategies on this regard, thank you euy for sharing……

  2. 1вин кг [url=http://realistzoosafety.forum24.ru/?1-11-0-00001540-000-0-0-1742816894]http://realistzoosafety.forum24.ru/?1-11-0-00001540-000-0-0-1742816894[/url] .

  3. I am truly grateful for the fantastic website youve built darling. Its not only well-designed but also highly functional. Thank you for your incredible effort honey!

Leave a Reply to mostbet_kg_rmet Cancel reply

Your email address will not be published. Required fields are marked *