• Sat. Jun 28th, 2025

कलवलगुरी सहकारीको सदस्य केन्द्रित कार्यक्रम

BySaptahik Samachar

२४ जेष्ठ २०८२, शुक्रबार २०:०८ २४ जेष्ठ २०८२, शुक्रबार २०:०८ २४ जेष्ठ २०८२, शुक्रबार २०:०८

भद्रपुर २३, जेठ / झापाको भद्रपुर नगरपालिका वडा नम्बर १० मा रहेको कलवलगुरी कृषि सहकारी संस्थाले सहकारी शिक्षा तथा धानको बिउ छनौट एवं प्रयोग सम्बन्धी एक दिने कक्षा सञ्चालन गरेको छ। संस्थाका सहकारी शिक्षा समितिका संयोजक चुरेन्द्र कठायतको सभापतित्व र भद्रपुर नगरपालिकाको १० नम्बर वडाका कार्यवाहक वडाअध्यक्ष तुलसी पोखरेलको प्रमुख आतिथ्यमा शुक्रबार भएको कार्यक्रममा सहकारीका पदाधिकारी र शेयर सदस्यहरू गरी ७५ जनाको सहभागिता थियो।

सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद चौलागाईंले औचित्य माथि प्रकाश पारेको सो कार्यक्रममा सहकारीलाई शिक्षाका विविध विषयमा सहकारी प्रशिक्षक डिल्ली दाहालले र कृषि ज्ञान केन्द्रले प्रदान गर्ने सेवा सुविधा र सूचीकृत धानको बिउ छनौट, रोपण विधि र त्यसको प्रयोग बारेमा केन्द्रका कृषि अधिकृत चेतराज भण्डारीले सहजीकरण गर्नु भएको थियो।

सहकारी संस्थाको कार्यालयमा भएको सो  कार्यक्रमको सञ्चालन सहकारी शिक्षा समितिका सदस्य सरोज काफ्लेले गर्नु भएको थियो भने कोषाध्यक्ष मिनबहादुर कार्कीले स्वागत मन्तव्य राख्नु भएको संस्थाका व्यवस्थापक शंकर नेपालले जानकारी दिनु भयो।

One thought on “कलवलगुरी सहकारीको सदस्य केन्द्रित कार्यक्रम”

Leave a Reply to Vernon Brague Cancel reply

Your email address will not be published. Required fields are marked *