• Thu. Jun 19th, 2025

एमाले भद्रपुरमा असारू अगाडि /काँग्रेसमा गणेश

BySaptahik Samachar

२६ चैत्र २०७८, शनिबार २०:१३ २६ चैत्र २०७८, शनिबार २०:१३ २६ चैत्र २०७८, शनिबार २०:१३

भद्रपुर २६ चैत्र / नेकपा एमालेबाट भद्रपुरमा प्रमुखका लागि मुख्यतः छ जनाको दावी देखिएकोमा हिजो भएको अन्तर पार्टी चुनावले ३ जनालाई दावी छाड्नै बाध्य पारेको छ। दावी गर्नेहरूमा नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, असारू राजवंशी, कालीचरण वस्नेत, टिका प्याकुरेल र रामप्रसाद दवाडी हुनुहुन्थ्यो ।
पार्टी तहमा उहाँहरूले नाम चर्चामा ल्याए पछि हिजो भएको आन्तरिक चुनावमा असारू राजवंशीले सवै भन्दा बढी मत आर्जन गर्नु भएर आफ्नो दावीलाई सार्थक पुष्टि गर्नुभएको छ। त्यस्तै, दोस्रो मत उपप्रमुख चन्द्रमाया श्रेष्ठ र तेस्रोमा कालीचरण बस्नेतसंग कार्यकर्ताको रूझान देखिएको छ। त्यस्तै, उपप्रमुखमा एमालेबाट हालका ७ नं.वडा अध्यक्ष विनोदप्रसाद पोखरेल, कार्यपालिका सदस्य कौशिल्या अधिकारी र हरि तिम्सिनाको दावी रहेको पार्टी पंक्तिमा चलेको चर्चा पछि भएको निर्वाचनमा अधिकारी, तिम्सिना र पोखरेललाई क्रमशः प्रथम, दोस्रो र तेस्रो मतको रूझान देखिएको छ।
आन्तरिक चुनावमा आएको मतकै आधारमा एमाले जिल्ला पार्टी कार्यालयले एक महिला सहित तीन जनालाई सिफारिस गरी प्रदेश कमिटीमा पठाउने र माथिल्लो निकायबाट उम्मेदवार घोषणा हुने बताइएको छ।


सत्ता गठबन्धनकै बलियो घटक नेकपा माओवादीले शिवकुमार राजभण्डारीलाई प्रमुख पदमा उम्मेदवारीका लागि तयार राखे पनि तालमेल र गठबन्धनका कारण तलमाथि पर्ने गरी रणनीति बुनिरहेको स्रोतले वताएको छ।


त्यसैगरी संसदीय निर्वाचनमा बलियो उपस्थिति जनाएर यही क्षेत्रबाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनको पकड बलियो बन्दै गएको भद्रपुरमा राप्रपाले पनि विगतका उम्मेदवारलाई दोहोर्याउने सम्भावना छ। लिङ्देन पार्टीको सभापति जिते पछि यस नगरमा अझ बढी संगठन विस्तार भएको राप्रपाले प्रमुखमा नवराज पनेरू”राजु र उपप्रमुखमा राधा कार्कीलाई उम्मेदवार बनाउने लगभग निश्चित नै भएको पार्टी स्रोतले जनाएको छ।

7 thoughts on “एमाले भद्रपुरमा असारू अगाडि /काँग्रेसमा गणेश”
  1. You actually reported this fantastically.
    casino en ligne
    You suggested it fantastically.
    casino en ligne
    Wow a good deal of useful advice!
    casino en ligne
    Nicely put. Thanks a lot!
    casino en ligne
    Very good knowledge, Many thanks.
    meilleur casino en ligne
    Cheers. I value this!
    casino en ligne francais
    You said it very well.!
    casino en ligne
    You actually suggested that fantastically!
    casino en ligne fiable
    Incredible tons of great tips.
    casino en ligne
    Cheers! I value this!
    casino en ligne

Leave a Reply to Russian Beauty in Ankara Cancel reply

Your email address will not be published. Required fields are marked *