• Sun. Sep 8th, 2024

एमालेको दशौं महाधिवेशन प्रतिनिधि छनोटःझापा ३नं.मा बसन्तलाई सर्वाधिक मत

BySaptahik Samachar

२८ कार्तिक २०७८, आईतवार ०७:४३ २८ कार्तिक २०७८, आईतवार ०७:४३ २८ कार्तिक २०७८, आईतवार ०७:४३

भद्रपुर,२८ कार्तिक । नेकपा एमालेको १० औं महाधिवेशनका लागि झापा क्षेत्र न ३ वाट बसन्त वानिया सर्वाधिक मत ल्याएर प्रतिनिधि छनौट हुनुभएको छ ।
उहाँले एक हजार ९ सय ९ मत मत पाउनुभएको छ । त्यसै गरी लक्ष्मण पाठकले १ हजार ६ सय १७, जीवन कुमार श्रेष्ठले १ हजार ४ सय ६४, डम्बर गिरीले १ हजार ४ सय ५१, तिलक राईले १ हजार १ सय ५४ र हरि तिम्सिना र मोहन चन्द्र रेग्मीको वरावरी मत १ हजार ५५ आएको छ ।६ जना खुला सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको थियो । दुईजनाको बराबरी मत आएकाले तिम्सिना र रेग्मी दुवै जनालाई प्रतिनिधि पठाउन सिफारिस गरिएको एमाले स्रोतले बताएको छ। त्यस्तै महिला २ जनाका लागि ६ जनाको उम्मेदवारी परेको थियो । ६ जना मध्ये विजयी हुने शुभलक्ष्मी राइले १ हजार ७ सय ११ र चन्द्रमाया श्रेष्ठले १ हजार १९ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै नेकपा एमालेको दशौं महाधिवेशनका लागि झापा क्षेत्र नं. २ बाट सर्वसम्मत रुपमा प्रतिनिधि छनोट भएका छन् / निर्वाचन परिचालन तथा सहजीकरण समितिका अनुसार खुलातर्फ ८ जना र महिलातर्फ ३ जना सर्वसम्मत भएका हुन् ।
महाधिवेशन प्रतिनिधिका लागि झापा–२ बाट खुलातर्फ चिन्तन पाठक, प्रेम गिरी, बद्री भट्टराई, रोमणी भट्टराई, उमानाथ ओली, एकराज कार्की, सन्तकुमार राई र वृहस्पति उप्रेती चयन हुनुभएको छ । यस्तै, महिलाबाट पवित्रा देवी महतरा, विष्णुमाया भट्टराई र अनिता कन्दङ्वा हुनुहुन्छ ।
यसअघि झापा क्षेत्र नं. ५ बाट १० जना र जिल्लाबाट ३ जना दलित प्रतिनिधि सर्वसम्मत भइसकेका छन् ।

26 thoughts on “एमालेको दशौं महाधिवेशन प्रतिनिधि छनोटःझापा ३नं.मा बसन्तलाई सर्वाधिक मत”

Leave a Reply

Your email address will not be published. Required fields are marked *