• Sat. Apr 19th, 2025

‘एक विद्यार्थी एक व्याग’ कार्यक्रम:भद्रपुरका दुई स्कुलका विद्यार्थी लाभान्वित

BySaptahik Samachar

२४ पुष २०७९, आईतवार १८:२७ २४ पुष २०७९, आईतवार १८:२७ २४ पुष २०७९, आईतवार १८:२७

गोपाल गिरी – – – – – – – – – – –

भद्रपुर / झापा, भद्रपुरका दुई विद्यालयलाई आज राजधानी काठमाडौंबाट आएको टोलीले स्कुल व्यागसहित शैक्षिक सामग्री र जुस-विस्कुट वितरण गरेको छ। नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा लायन्स र लियो क्लब अफ काठमाडौं सेन्टरको सहकार्यमा भद्रपुरको शारदा आधारभूत विद्यालय र पशुपति प्राथमिक विद्यालयलाई ती सामग्री वितरण गरिएको हो।
दुवै विद्यालयका २ सय ५० बढी विद्यार्थीलाई स्कूल व्याग, कपि, इरेजर,पेन्सिल, रूलर,कलर पेन्सिल, लगायत शैक्षिक सामग्री सहित मेङ्गो जुस र बिस्कुट वितरण गरिएको थियो।
लायन्स क्लब काठमाडौंको “एक विद्यार्थी-एक कार्यक्रम”-अभियान अन्तर्गत यस पटक तराई क्षेत्रका विद्यालयलाई व्याग वितरणको लक्ष्य राखेर झभद्रपुरका यी विद्यालय छनौट गरिएको लायन्स क्लब अफ काठमाडौंका अध्यक्ष मनिष अग्रवालले जानकारी दिनुभयो।

नेपाल फर्निचर तथा फर्निसिङ संघ काठमाडौँका अध्यक्ष झापा भद्रपुर निवासी दिनेश अग्रवालको अगुवाइमा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका ६ नम्बर वडाध्यक्ष रतिया राजवंशी, ५ नम्बर वडा सदस्य जेष्ठमल ठाकुर, समाजसेवी तथा उद्योगी सत्यनारायण तायल, गोपाल अग्रवाल, अजय साहेवाला, मनोज श्रेष्ठ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्ती मानी एवं विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सदस्यहरूको उपस्थितिमा विद्यालयमै पुगेर छात्र छात्रालाई ती सामग्री वितरण गरेको जनाइएको छ।

8 thoughts on “‘एक विद्यार्थी एक व्याग’ कार्यक्रम:भद्रपुरका दुई स्कुलका विद्यार्थी लाभान्वित”
  1. I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.

  2. naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

  3. naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

  4. It’s perfect time to make a few plans for the future and it’s time to be happy.
    I have read this submit and if I could I desire to counsel you some interesting issues or advice.
    Maybe you can write next articles referring to this
    article. I want to read more issues about
    it!

Leave a Reply to Luis Hale Cancel reply

Your email address will not be published. Required fields are marked *