• Mon. Oct 13th, 2025

उत्कृष्ट शेयर सदस्यलाई सम्मान गर्दै लेखापढी साकोसको १५औं साधारण सभा सम्पन्न

BySaptahik Samachar

२५ आश्विन २०८२, शनिबार २०:४८ २५ आश्विन २०८२, शनिबार २०:४८ २५ आश्विन २०८२, शनिबार २०:४८

भद्रपुर २५, असोज /नेपाल लेखापढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ८ झापाको १५औं साधारण सभा विभिन्न महानुभावहरुलाई सम्मान गर्दै सम्पन्न भएको छ।

सहकारी संस्थाका अध्यक्ष दलबहादुर थापाको अध्यक्षता र जेष्ठ शेयर सदस्य डम्बर कार्कीको प्रमुख आतिथ्यमा हिजो भएको साधारण सभाले उत्कृष्ट बचतकर्ता सूर्यप्रसाद ढुङ्गाना र विष्णु बराल तथा उत्कृष्ट ऋणी त्रिलोक भण्डारी र गोपाल निरौलालाई सम्मान गरेको थियो। साथै साधारण सभाले जेष्ठ सेयर सदस्य हर्कमान सिंह राजबंशी तथा संस्थालाई चाहिने कार्यविधि र विनियम पुनर्लेखन समितिका संयोजक तथा सदस्यहरुलाई पनि सम्मान गरेको थियो। त्यसरी सम्मानित हुनेहरूमा संयोजक युवराज कार्की (पर्वत), सदस्य सचिव महेश भट्टराई र सदस्यहरू महेश न्यौपाने, मुरारी न्यौपाने, डिल्लीराम अधिकारी हुनुहुन्थ्यो।
   साधारण सभाले अध्यक्ष थापा र कोषाध्यक्ष खगेन्द्र तामाङद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा लेखा प्रतिवेदनका साथै लेखा समितिका संयोजक महेश भट्टराईद्वारा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समेत पारित गरेको थियो। कार्यक्रममा कोशी प्रदेश का पूर्व संयोजक तथा पूर्व केन्द्रीय उपाध्यक्ष युवराज कार्की (पर्वत), लेखापढी कानुन व्यवसायी एसोसिएसनका अध्यक्ष लावण्यकुमार पोखरेल,पूर्व अध्यक्ष रमेश पोख्रेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
    संस्थाका सचिव हेमराज खतिवडाले सञ्चालन गरेको साधारण सभामा उपाध्यक्ष महेश न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो।

5 thoughts on “उत्कृष्ट शेयर सदस्यलाई सम्मान गर्दै लेखापढी साकोसको १५औं साधारण सभा सम्पन्न”

Leave a Reply to pemeran qodrat 2 Cancel reply

Your email address will not be published. Required fields are marked *