• Fri. Feb 13th, 2026

इलाम राजदुवालीमा रमिता:शीलाको सजावट

BySaptahik Samachar

२५ कार्तिक २०८२, सोमबार १०:५८ २५ कार्तिक २०८२, सोमबार १०:५८ २५ कार्तिक २०८२, सोमबार १०:५८

भद्रपुर २४, कार्तिक / इलाम जिल्लाको माइखोला अन्तर्गतको राजदुवाली क्षेत्र अहिले चर्चामा छ । त्यहाँ निकालिएको शिला (ढुङ्गा) लाई हेर्न र अद्भुत शिलाका बारेमा माता, ओझा, बिजुवा, धामी-झाँक्रीको बाक्लो उपस्थितिसँगै मूर्ति पूजामा रमाउने रमिते हिन्दूहरूका लागि सो क्षेत्र अहिले चर्चामा आएको हो।
  स्थानीयहरूका अनुसार सो शिला धार्मिक रूपमा चमत्कारी मानिँदै आएको छ, जसको दर्शन गर्न दैनिक सयौँ श्रद्धालुहरूको भीड लाग्ने गरेको छ। अहिले भक्तजनहरूले सो शिलालाई फूल, धूप, दीप र रङ्गीन कपडाले आकर्षक रूपमा सजाएका छन्।भक्तजनहरूले दियो बाल्दै आ–आफ्नो मनोकामना पूरा होस् भनेर प्रार्थना गर्न थालेका छन्। मन्दिर क्षेत्र वरपर अहिले मेलाको वातावरण सिर्जना भएको छ।

    स्थानीय युवाहरूले पनि मिलेर सफाइ अभियान र शिलाको वरिपरि प्रकाश व्यवस्था गरेका छन्। इलामवासीका अनुसार राजदुवालीको शिला श्रद्धा, आस्था र चमत्कारको प्रतीक बनेको छ।

शिलाको सजावट
    धेरैले सामाजिक सञ्जालमार्फत शिलाको सजावटका तस्बिर र भिडियोहरू सेयर गर्दै धार्मिक एकताको सन्देश फैलाइरहेका छन्। हरेक दिन नयाँ माता र धामीझाँक्री राजदुवालीमा पुगिरहेका छन् । शिला निकालेर लैजान डोजर प्रयोग गर्दा सर्प निस्किएको विषयले पनि सामाजिक सञ्जाल तातेको छ ।

    गत १८ असोज राति आएको बाढी र पहिरोका कारण राजदुवाली सडकखण्ड अन्तर्गत माइखाेलाको किनार क्षत–विक्षत भयो । पहिरोले अवरुद्ध सडक मर्मत गरी आवतजावत खुला गरियो । त्यही सडक खण्डमा भेटिएको शिला (ढुङ्गा)का कारण राजदुवाली यतिबेला चर्चामा छ । सामाजिक सञ्जाल तरंगित छ।

इलाम नगरपालिका-४ की २३ वर्षीया प्रमिला कार्कीले सपनामा सो स्थानमा पाँचवटा शिला देखेको भन्दै स्थानीयले आएर उत्खनन गरे । रूखले थिचिएको स्थानमा उत्खनन् गर्दा उनले भनेअनुसार नै पाँच वटा शिला भेटिए ।

उत्खनन् अघि उनले पूजा गरेकी थिइन् । उत्खनन् गरेको र पूजा गरेको भिडियो सामाजिक सञ्जालमा हालेपछि भाइरल भयो । स्थानीयको दाबीअनुसार प्रमिलाको शरीरमा देवी उत्रिएकी छिन् । देवी उत्रिएको र उनले भनेको स्थानमा ढुंगा भेटिएपछि देउता रहेको भन्दै पूजाआजा भयो ।

पाँच वटा शिलालाई घरमा लगेर पूजा गर्ने कार्कीले बताएकी थिइन् । घर लैजाने तयारी चल्दै गर्दा एक जना वृद्ध आएर खोलाको ढुंगा भन्दै विरोध गरे । उनले शिलामा कुल्चिए । त्यसपछि माईखोलाको किनारमा भेट भएकाहरू बीच वादविवाद चल्यो । यो वावदविवादको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भयो । हरेक दिन नयाँ माता र धामीझाँक्री सो स्थानमा पुगिरहेका छन् । शिला निकालेर लैजान डोजर प्रयोग गर्दा सर्प निस्किएको विषयले पनि सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।
   इलाम नगरपालिका-९ का वडाध्यक्ष गोपाल चौहानका अनुसार शिला उत्खनन गरिएको स्थानमा अहिले झापा र इलामसँगै भारतको सिक्किमबाट पनि माताहरू आएका छन् ।
राप्रपा जिल्ला कार्यसमिति इलामले धार्मिक सहिष्णुतामा विखण्डन ल्याउने कार्य गरेको भन्दै यमनाथ भण्डारीलाई पार्टीबाट निलम्बन नै गरेको छ ।
राप्रपा इलामले सूचना जारी गर्दै जात-धर्मबीचको एकतामा खलल पुर्‍याउने कार्य गरेकोले भण्डारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी नि’लम्बन गरिएको जनाएको छ ।

33 thoughts on “इलाम राजदुवालीमा रमिता:शीलाको सजावट”
  1. Excellent breakdown, I like it, nice article. I completely agree with the challenges you described. For our projects we started using Listandsell.us and experts for our service, Americas top classified growing site, well can i ask zou a question regarding zour article?

  2. Thank you for sharing superb informations. Your web-site is so cool. I am impressed by the details that you have on this site. It reveals how nicely you perceive this subject. Bookmarked this web page, will come back for more articles. You, my pal, ROCK! I found simply the info I already searched all over the place and just could not come across. What a great web-site.

  3. When I initially commented I clicked the “Notify me when new comments are added” checkbox and now each time a comment is added I get several emails with the same comment. Is there any way you can remove people from that service? Thanks a lot!

  4. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  5. Đăng ký tài khoản tại đăng ký 188v chỉ mất khoảng 2 phút với các bước đơn giản. Bạn cần cung cấp thông tin cơ bản như email, số điện thoại và thiết lập mật khẩu an toàn. Sau khi đăng ký, hệ thống sẽ gửi mã xác nhận qua SMS hoặc email để hoàn tất quá trình tạo tài khoản.

  6. Ứng dụng 188v chính thức có một bộ sưu tập slot game 3D vô cùng đa dạng và hấp dẫn. Những trò chơi này được thiết kế với đồ họa 3D sống động, âm thanh chân thực và các chủ đề phong phú từ phiêu lưu, cổ tích đến các câu chuyện thần thoại.

  7. Gotta say, I’m liking 57vcom. It’s got a good selection of games, especially the slots. I hit a little something on one the other day which always brightens the day. Give it a whirl and see if lady luck is on your side 57vcom.

Leave a Reply

Your email address will not be published. Required fields are marked *