• Thu. Apr 24th, 2025

इमान्दारलाई सम्मान गर्दै ओमसाईले मनायो नर्सिङ दिवस

BySaptahik Samachar

२९ बैशाख २०७९, बिहीबार १९:३३ २९ बैशाख २०७९, बिहीबार १९:३३ २९ बैशाख २०७९, बिहीबार १९:३३

भद्रपुर २९ वैशाख / दुई सय दुईऔं अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा विहीबार भद्रपुरको ओमसाई पाथीभरा हस्पिटलले एक कार्यक्रमका वीच नर्सिङ दिवस मनाएको छ।
अस्पतालकी मेट्रोन श्रीमती निशा पाठकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि तथा अस्पतालका अध्यक्ष दिपक पोखरेल र अस्पतालका निर्देशक बालकुमार पोखरेलले नर्सहरूको महत्त्व, दायित्व र जिम्मेवारीका बारेमा प्रकाश पार्नुभएको थियो।
विश्वकै पहिलो नर्स मानिएकी फ्लोरेन्स नाइटिङ्गेलको तस्विरमा माल्यार्पण र दीप प्रज्वलन गर्दै केक समेत काटेर मनाइएको कार्यक्रमका अवसरमा अस्पतालका विरामीलाई पोखरेल लगायतले फलफूल र जुस वितरण गर्नुभएको थियो।

कार्यक्रममा अस्पतालमा लामोे समयदेखि सेवारत सर्जरी वार्डकी इन्चार्ज नर्स निर्मला बास्कोटालाई इमानदार, लगनशील र कर्तव्यनिष्ठ कर्मचारीका रूपमा सम्मान गर्दै नगद ५ ओहजार सहित फूलमाला र दोसल्ला ओढाएर उत्कृष्ट नर्सका रूपमा सम्मान गरिएको थियो। हस्पिटलको हलमा सम्पन्न कार्यक्रमको सञ्चालन अस्पतालका प्रशासन प्रमुख दीपकुमार पौडेलले गर्नुभएको जानकारी प्रशासक मनोज दाहालले दिनुभयो।

38 thoughts on “इमान्दारलाई सम्मान गर्दै ओमसाईले मनायो नर्सिङ दिवस”

Leave a Reply to gruzpoputno Cancel reply

Your email address will not be published. Required fields are marked *