• Mon. Jun 2nd, 2025

इन्धनको मूल्य फेरि बढ्योःपेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ, ग्यासमा ७५रू.बृद्धि

BySaptahik Samachar

२५ कार्तिक २०७८, बिहीबार ०५:२६ २५ कार्तिक २०७८, बिहीबार ०५:२६ २५ कार्तिक २०७८, बिहीबार ०५:२६

भद्रपुर २५ कात्तिक / नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै प्रकारको इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसुचीअनुसार इन्धनको भाउ बढेको जनाएको छ।
निगमका सहप्रवक्ता पुष्कर कार्कीले नयाँ मूल्यअनुसार १५ दिनमा ३ अर्ब २ करोड घाटा हुने देखिएपछि कात्तिक २४ गते बसेको निगम सञ्चालक समितिले इन्धनको मूल्य बढाउने निर्णय गरेको बताउनुभयो ।
‘सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल, डिजेल र मटितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँ बढेको छ,’ उहाँले भन्नुभयो ‘नयाँ मूल्य बुधबार राति १२ बजेदेखि नै लागू हुन्छ ।’ निगमले आन्तरिक तथा बाह्य हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको जनाएको छ । मूल्यवृद्धिपश्चात् पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ, डिजेल र मटितेल ११९/११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ पर्ने कार्कीले बताउनुभयो ।

107 thoughts on “इन्धनको मूल्य फेरि बढ्योःपेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ, ग्यासमा ७५रू.बृद्धि”

Leave a Reply to Kevinsuini Cancel reply

Your email address will not be published. Required fields are marked *