• Wed. Aug 27th, 2025

अलैँची व्यवसायी महासंघको अध्यक्षका लागि तीन आकांक्षी

BySaptahik Samachar

६ भाद्र २०८२, शुक्रबार १९:११ ६ भाद्र २०८२, शुक्रबार १९:११ ६ भाद्र २०८२, शुक्रबार १९:११

• महासंघको अध्यक्षका लागि नारायण चिमरिया, दीपक नेपाल र ओमकृष्ण विमली आकांक्षी देखिएका छन्। 

• अलैँची व्यवसायी महासंघको अधिवेशन भाद्र १४ र १५ गते झापाको बिर्तामोडमा हुने भएको छ।
• अलैँची नेपालबाट वार्षिक आठ अर्बको हाराहारीमा भारत निर्यात हुने गरेको छ।
भद्रपुर ६ भदौ / अलैँची व्यवसायी महासंघको अधिवेशन भाद्र १४ र १५ गते झापाको बिर्तामोडमा हुने भएको छ। अलैँची नेपालबाट सबैभन्दा बढी निर्यात हुने कृषि उपजमध्येको एक हो। महासंघको अध्यक्षका लागि नारायण चिमरिया, दीपक नेपाल र ओमकृष्ण विमली आकांक्षी देखिएका छन्। 
झापाका व्यवसायी चिमरिया हाल महासंघको महासचिव छन्। पाँचथरका व्यवसायी नेपाल भने महासंघका संस्थापक उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका व्यवसायी हुन्। विमली अघिल्लो महाधिवेशनमा अध्यक्षका प्रत्यासी थिए। उनी गत आर्थिक वर्ष सबैभन्दा बढी अलैँची निर्यात गर्ने व्यवसायी समेत हुन्।
नेपालबाट वार्षिक आठ अर्बको हाराहारीमा अलैँची भारत निर्यात हुने गरेको छ। अलैँची व्यवसायी महासंघका अधिकृत अनिल ढुङ्गानाका अनुसार पाँचौ अधिवेशन तथा नवौँ साधारणसभा गर्न लागिएको हो । ४३ जिल्लामा उत्पादन हुने अलैँचीको मुख्य कार्यालय झापा बिर्तामोड र शाखा १६ जिल्लामा रहेको छ । ढुङ्गानाका अनुसार दुई सय ३० जना प्रतिनिधि रहने वैधानिक ब्यवस्था रहेको छ । हरेक जिल्लाबाट पाँच जनाका दरले प्रतिनिधि र केन्द्रीय समितिका सदस्य हुनेछन् ।

5 thoughts on “अलैँची व्यवसायी महासंघको अध्यक्षका लागि तीन आकांक्षी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *