• Tue. Jun 17th, 2025

अपाङ्ग परिसरमा विपद् व्यवस्थापन गुल्मद्वारा सरसफाई

BySaptahik Samachar

३२ जेष्ठ २०८२, शनिबार ११:५९ ३२ जेष्ठ २०८२, शनिबार ११:५९ ३२ जेष्ठ २०८२, शनिबार ११:५९

भद्रपुर ३१,जेठ / नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको अपाङ्गता पुनर्स्थापना केन्द्र परिसर सरसफाई गरिएको छ । भद्रपुर नगर पालिकाको वडा नं. ४ मा रहेको अपाङ्गता पुनर्स्थापना केन्द्रमा  कोशी प्रदेश विपद् व्यवस्थापन गुल्म भद्रपुरका प्रहरीहरूले बृहत सरसफाई गरेका हुन्। 

गुल्मका निरीक्षक विन्देश्वर यादव सहित ४० जनाको प्रहरी टोलीले आज शनिबार बिहान अपाङ्गता पुनः स्थापना केन्द्रमा सरसफाई गरेको जनाइएको छ । मानवीय सेवाको कार्यमा सहकार्य गर्ने उद्देश्यले सहारा विहीन अपाङ्गहरू राखिएको स्थानमा सरसफाई गरेर योगदान पुर्‍यापन पाउँदा खुशी लागेको प्रहरी निरीक्षक यादवले बताउनु भयो।

सरसफाई कार्यक्रममा नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापाका कार्यवाहक सभापति पवन श्रेष्ठ, सचिव चन्दनकुमार महतो, नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति केदार महत र भद्रपुर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराई लगायतको सहभागिता रहेको थियो । 

4 thoughts on “अपाङ्ग परिसरमा विपद् व्यवस्थापन गुल्मद्वारा सरसफाई”

Leave a Reply to Carmine Prohaska Cancel reply

Your email address will not be published. Required fields are marked *