• Sat. Jul 27th, 2024

१८ वर्षपछि मेची रंगशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुने

BySaptahik Samachar

२६ मंसिर २०७९, सोमबार १९:०७ २६ मंसिर २०७९, सोमबार १९:०७ २६ मंसिर २०७९, सोमबार १९:०७

गोपाल गिरीबाट – – –

भद्रपुर / लामोे समय पछि भद्रपुरको मेची रङ्गशालामा फुटबल प्रतियोगिता हुने भएकाे छ। भद्रपुर नगरपालिकाको संयोजनमा भद्रपुरको मेची रङ्गशालामा प्रथम भद्रपुर गोल्ड कपको आयोजना हुने भएकाे हो। भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको अध्यक्षतामा सोमबार नगरपालिकामा भएको भेलाले गोल्ड कप संचालन गर्ने निर्णय गर्दै युवा उद्यमी दिपेश ढकालको संयोजकत्वमा प्रथम भद्रपुर गोल्ड कप फुटबल प्रतियोगिता आयोजक समिति गठन गरेको छ।
समितिमा अर्का उद्योगी आदित्य पराजुली वरिष्ठ उपाध्यक्ष रहनुभएको छ भने महासचिवमा भद्रपुर नगर पालिकाका निवर्तमान नगरप्रमुख तथा कपर्दीका अन्तराष्ट्रिय खेलाडी जीवनकुमार श्रेष्ठ, सचिवमा टहलदास मैनाली, कोषाध्यक्षमा गणेश राजभण्डारी र सहकोषाध्यक्षमा अजय साहेवाला रहनुभएको छ।

त्यस्तै, समितिको सदस्यहरूमा कुमार श्रेष्ठ, अनिल सुब्बा, योगेन्द्र पौडेल, पुनम सुब्बा, कविता गुरुङ, दिलिप भुईंमाली, टेकमान गुरुङ र गम्भीर राई हुनुहुन्छ।
नगर प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्की संरक्षक रहेको गोल्ड कप टुर्नामेन्टको सल्लाहकार समितिमा ओमप्रकाश सरावगी,चण्डीराज ढकाल, विज्ञानराज शर्मा, टिकाराज ढकाल, विनोद बस्नेत, विमल आचार्य, केशवराज पाण्डे, दीनबन्धु गोयल, बसन्त बानिया, धर्म शिवाकोटी, प्रशान्त भण्डारी, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ र झापा उद्योग वाणिज्य संघका अध्यक्ष – नवराज पनेरुलाई चयन गरिएको छ।

‘प्रतियोगिता फागुनको अन्तिम साता आयोजना गरिनेछ’ आयोजक समितिका संयोजक दिपेश ढकालले भन्नुभयो – ‘डेढ करोड रूपैयाँ लागत लाग्ने अनुमान गरिएको प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका क’ ‘वर्गका क्लबहरूलाई आमन्त्रण गरिनेछ।’ फुटबल प्रतियोगिताकै बारेमा प्रतिक्रिया दिँदै आयोजक समितिका सल्लाहकार टिकाराज ढकालले – यो प्रतियोगिताबाट मेची रंगशालाले पुनर्जीवन पाउने बताउनुभयो। मेची रंगशालामा २०६१ सालमा सञ्चालन भएको त्रिभुवन गोल्ड कप पछि ठूलो प्रतियोगिताको आयोजना हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *