• Sat. Jul 27th, 2024

हिमानी काेषद्वारा स्वास्थ्य चौकीलाई अल्ट्रासाउन्ड प्रदान

BySaptahik Samachar

१६ चैत्र २०७८, बुधबार १६:०९ १६ चैत्र २०७८, बुधबार १६:०९ १६ चैत्र २०७८, बुधबार १६:०९

भद्रपुर १६ चैत्र /सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गरिरहेको हिमानी काेष, झापाकाे पहलमा सेवा क्यानाडा इन्टरनेशनलले झापाकाे कचनकवल-३ मा अवस्थित स्वास्थ्य चाैकी, पथरियालाई अल्ट्रासाउन्ड उपलब्ध गराएकाे छ।

हिमानी काेष झापाकी काेअडिनेटर पुनम सिंह राजवंशीले आज कचनकवल गाँउपालिकाका अध्यक्ष अन्जरा आलमलाई अल्ट्रासाउन्ड (स्क्यानर मेसिन) हस्तान्तरण गर्नुभएको हो।
साे हस्तान्तरण कार्यक्रममा गाँउपालिकाका अध्यक्ष आलम सहित कचनकवल-३ का वडाध्यक्ष विजयकुमार राजवंशी, स्वास्थ्य चाैकी व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर राजवंशी लगायत समाजका प्रबुद्ध व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे। काेषले यस अघि पनि जिल्लाका विभिन्न स्वास्थ्य संस्थालाई सहयोग गरेको र यस प्रकारकाे सहायतालाई भावी दिनमा समेत निरन्तरता दिने झापा काेअडिनेटर राजवंशीले बताउनुभयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *