• Thu. Feb 12th, 2026

हिँडिरहेका आमा–छोरीलाई ठक्कर दिएर पुलबाट खस्यो ट्रक, आमाको मृत्यु !

BySaptahik Samachar

२७ भाद्र २०७९, सोमबार १७:४८ २७ भाद्र २०७९, सोमबार १७:४८ २७ भाद्र २०७९, सोमबार १७:४८

भद्रपुर २७,भदौ / पुलबाट मालबाहक ट्रक खस्दा झापा भद्रपुरमा एक जनाको मृत्यु भएको छ। घटनामा अन्य तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुरको देउनियाँ पुलमा इँटा बोकेको ट्रकले पैदलयात्री आमा–छोरीलाई ठक्कर दिँदा आमाको मृत्यु भएको हो।
भद्रपुर नगरपालिका– २ गैरीगाउँ निवासी २३ वर्षीया तुलसा खवास (तामाङ)को मृत्यु भएको प्रहरीले जनाएको हो । ट्रकको ठक्करबाट मृतककी २ वर्षीया छोरी लुङसाङ गम्भीर घाइते भएकी छिन्।
उनलाई उपचारका लागि मेची अस्पताल भद्रपुर ल्याइएको थियो । तर उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कचनकवलबाट इँटा बोकेर पूर्व पश्चिम राजमार्ग तर्फ आउँदै गरेको प्र–१–०१–००१ ख ३६५९ नम्बरको ट्रकले सोमबार दिउँसो भद्रपुर – २ ज्ञानेचोक नजिकैको देउनियाँ पुलमा  पैदल हिँडिरहेका आमा–छोरीलाई ठक्कर दिएको थियो । दुर्घटनाबाट अनियन्त्रित भएको ट्रक पुलबाट तल खसेको थियो । ट्रकमा सवार दुई कामदार घाइते भएका छन्।
घाइतेहरू बिर्तामोड– २ निवासी बुद्धलाल राजवंशी र सोही ठाउँका अनिल हास्दा रहेका छन्। उनीहरूलाई पनि बिएण्डसी अस्पताल उपचारका लागि पठाइएको छ । यता ट्रक चालकलाई वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिएको छ।

132 thoughts on “हिँडिरहेका आमा–छोरीलाई ठक्कर दिएर पुलबाट खस्यो ट्रक, आमाको मृत्यु !”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *