• Wed. Jan 15th, 2025

हल्दिबारी वडा नं.३ ले बिद्यार्थीलाई गर्यो झोला वितरण

BySaptahik Samachar

२७ मंसिर २०८१, बिहीबार १६:५३ २७ मंसिर २०८१, बिहीबार १६:५३ २७ मंसिर २०८१, बिहीबार १६:५३

भद्रपुर २७,मङ्सिर / झापा हल्दिबारी गाउँपालिका वडा नं.३ ले वडागत कार्यक्रम अनुसार सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला(ब्याग) वितरण कार्यक्रम सुरु गरेको छ ।

हल्दिबारी-३ मा रहेको पञ्चायत माध्यमिक विद्यालयका कक्षा-१ देखि कक्षा-५ सम्मका विद्यार्थीलाई झोला वितरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको शिक्षक डिल्लीराम ढुङ्गेलले जानकारी दिनुभयो।
पञ्चायत माध्यमिक विद्यालयमा रहेको बाल क्लब अध्यक्ष प्रतिमा लिम्बूको अध्यक्षतामा आज भएको कार्यक्रममा हल्दिबारी वडा नं.३ का अध्यक्ष बिष्णु ओली प्रमुख अतिथि रहनु भएको थियो भने वडा सदस्य अजितकुमार बिष्ट,कमला तिमल्सिना-ढुङ्गेल, कर्ण भण्डारी र वडा सचिव राजन खतिवडाको उपस्थिति रहेको  थियो।
वडा कार्यालयले वडागत कार्यक्रम अन्तर्गत वडा नं.३ भित्रका सामुदायिक विद्यालयमा सो कार्यक्रम सञ्चालन गर्नेछ । जस अन्तर्गत भोली रामेश्वर प्रा.वि र लक्ष्मी मा.वि मा वितरण गर्ने कार्यक्रम रहेको वडा सचिव खतिवडाले बताउनु भएको छ। 

37 thoughts on “हल्दिबारी वडा नं.३ ले बिद्यार्थीलाई गर्यो झोला वितरण”
  1. Com tanto conteúdo e artigos, alguma vez se deparou com problemas de plágio ou violação de direitos de autor? O meu site tem muito conteúdo exclusivo que eu próprio criei ou

Leave a Reply

Your email address will not be published. Required fields are marked *