भद्रपुर ०५ कात्तिक / समाजसेवी स्व.पर्शुराम अग्रवालको स्मृतिमा उहाँका परिवारबाट प्राप्त साडीहरू छट पर्वका ब्रतालुहरूलाई शनिबार भद्रपुरमा वितरण गरिएको छ।
समुदाय प्रहरी साझेदार कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुर झापाको आयोजनामा अति विपन्न परिवारका ६५जना छट ब्रतालुलाई साडी वितरण गरिएको हो।
सेवा केन्द्र भद्रपुरका अध्यक्ष शीला खड्काको अध्यक्षता र वडा प्रहरी कार्यालय, भद्रपुरका इन्चार्ज प्रहरी निरीक्षक सन्तोष बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।
सो कार्यक्रममा दाता परिवारका तर्फबाट स्व. अग्रवालका सुपुत्र नितेश अग्रवाल, बुहारी हर्षा अग्रवालका साथै सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भद्रपुरका प्रहरी निरीक्षक राम घिमिरे लगायत सामुदायिक सेवा केन्द्रका पदाधिकारी सदस्यहरूको उपस्थिति थियो। भद्रपुर नगरपालिकाको ५ नम्बर वडा कार्यालयमा भएको संक्षिप्त कार्यक्रमको सञ्चालन सेवा केन्द्रका महासचिव दीपक अधिकारीले र स्वागत मन्तव्य सदस्य कुशहरी बन्जाराले राख्नुभएको थियो
Your article helped me a lot, is there any more related content? Thanks!