• Sat. Jul 27th, 2024

स्वस्थ जीवनयापनका लागि योग

BySaptahik Samachar

७ असार २०७९, मंगलवार १८:१४ ७ असार २०७९, मंगलवार १८:१४ ७ असार २०७९, मंगलवार १८:१४

भद्रपुर ७,असार / मानव जीवनका लागि योग भन्ने नाराका साथ भद्रपुरमा ८ औं योग दिवस मनाइएको छ। भद्रपुर – ६ स्थित श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रमको सभाहलमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाको आयोजना तथा पतञ्जली योग नगर समिति भद्रपुरको सहआयोजनामा मंगलबार योग दिवस मनाइएको हो।
झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पतञ्जली योग समितिका पूर्व अंचल प्रभारी तथा भद्रपुरका निवर्तमान नगर प्रमुख जीवनकुमार श्रेष्ठ विशेष अतिथि हुनुहुन्थ्यो। प्रहरी उपरीक्षक विश्वमणी पोखरेल, कविराज वैद्य टेकनाथ अर्याल, डा.अनिलकुमार यादव,वेदविद्याश्रमका प्राचार्य महेन्द्रप्रसाद भट्टराईसमेतको उपस्थितिमा पतञ्जली योग समितिका जिल्ला उपाध्यक्ष कैलाशकुमार डाँगीले अन्तर्राष्ट्रिय योग प्रोटोकल अनुसारकाे योगाभ्यास समेत गराएर योग दिवस मनाइएको हो ।

दिवस मनाउन आयोजित औपचारिक संक्षिप्त कार्यक्रममा स्वागत तथा अन्तर्राष्ट्रिय योग दिवसको पृष्ठपोषण आयुर्वेद कार्यालयका कविराज निरीक्षक टेकनाथ अर्यालले , प्रमुख अतिथि नगर प्रमुख पोखरेलले शुभकामना तथा योग महिमा बारे योग शिक्षक जीवनकुमार श्रेष्ठले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा अध्यक्ष रिजालले वधाई तथा शुभकामना तथा कार्यक्रमको संचालन र सहजीकरण पतन्जली योग नगर समिति भद्रपुरका अध्यक्ष गणेश गिरीले गर्नुभएको थियो ।

One thought on “स्वस्थ जीवनयापनका लागि योग”

Leave a Reply

Your email address will not be published. Required fields are marked *