• Sat. Jul 27th, 2024

निन्दा किनारमा स्वर्गद्वारी घाट ब्यवस्थापन समिति गठन

BySaptahik Samachar

२ बैशाख २०८०, शनिबार १९:४० २ बैशाख २०८०, शनिबार १९:४० २ बैशाख २०८०, शनिबार १९:४०

भृकुटी युवा क्लब समाजसेवामा सक्रिय

भद्रपुर २,वैशाख / झापाको भद्रपुर नगरपालिका वडा नं. ९ मा सामाजिक गतिविधि गर्दै आएको भृकुटी युवा क्लबको पहलमा शवदाहका लागि घाट व्यवस्थापन गरिने भएको छ। क्लवले भदौ २ गते शनिबार नववर्ष २०८० तथा सिरुवा पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रमकै अवसरमा निन्दा पुल घाटलाई ब्यवस्थित रुपमा निर्माण गर्न समिति गठन गरेर असल कर्म गर्ने संकेत देखाएको छ । 

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भद्रपुर वडा न ९ को निन्दा पुल घाटमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा निन्दा पुल घाटलाई ब्यवस्थित रुपमा निर्माणका लागि अम्बिका पोखरेलको अध्यक्षतामा स्वर्गद्वारी घाट ब्यवस्थापन समिति गठन भएको छ । नवगठित समितिको वरिष्ठ उपाध्यक्ष डिल्लीराम पोखरेल, महिला उपाध्यक्ष उर्मिला सापकोटा, उपाध्यक्ष ताराचन राजबंशी, महासचिव लीला घिमिरे, सचिव पानीलाल राजबंशी र बिमला भट्टराईका साथै कोषाध्यक्ष भरत लम्साल रहनु भएको भृकुटी युवा क्लवका अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।

समितिका सदस्यहरूमा सागर घिमिरे, महावीर मित्रुका, ज्ञानबहादुर राई, धनप्रसाद शिवाकोटी र सुनिता  राजबंशी चयन हुनुभएको छ। समितिमा भृकुटी युवा क्लबका अध्यक्ष डिल्लीराम अधिकारी पदेन सदस्य रहनुभएको छ।

शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि पोखरेल , भद्रपुर नगरपालिकाका उप–प्रमुख राधा कार्की, वडा नं. ८ का वडाध्यक्ष गौरव सुब्बा, वडा नं. ९ का अध्यक्ष राम दाहाल स्थानीयहरू ताराचन राजबंशी, लीला घिमिरे, राजन राजबंशीलगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । 

भृकुटी युवा क्लवका अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रमेश पोखरेल र सन्चालन डिल्लीराम पोखरेलले गर्नुभएको थियो । 

44 thoughts on “निन्दा किनारमा स्वर्गद्वारी घाट ब्यवस्थापन समिति गठन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *