• Wed. Feb 28th, 2024

स्वप्नादेवीको छैटौँ साधारण सभा सम्पन्न

BySaptahik Samachar

१० पुष २०७८, शनिबार २१:०९ १० पुष २०७८, शनिबार २१:०९ १० पुष २०७८, शनिबार २१:०९

भद्रपुर १० पुस/ सम्मान र पुरस्कार वितरण गर्दै झापा भद्रपुर-७ मा रहेको स्वप्नादेवी वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैटौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ। प्रदेश सांसद बसन्तकुमार वानियाको प्रमुख आतिथ्य र सहकारीका अध्यक्ष माधवप्रसाद घिमिरेको अध्यक्षतामा शनिबार साधारण सभा सम्पन्न भएको हो।
साधारणसभामा अध्यक्ष घिमिरेले बार्षिक प्रतिवेदन र पवन अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने जेष्ठ सदस्य लक्ष्मण पोख्रेल र कर्णकुमारी कोइराला तथा उत्कृष्ट कारोबारी कृष्णप्रसाद नेउपाने र भीमा भट्टराईलाई प्रमुख अतिथि बानियाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो। कार्यक्रममा बाल बालिकाद्वय सुवना गुरुङ र प्रजन्य भट्टराईलाई पुरस्कृत गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो।
प्रमुख अतिथि बानिया, विशेष अतिथि सात नं. वडा अध्यक्ष विनोदप्रसाद पोखरेल,राष्ट्रसेवक सहकारीका अध्यक्ष वशिष्ठ अधिकारी र जनार्दन उप्रेतीले शुभकामना मन्तव्य राखेको साधारण सभामा स्वागत मन्तव्य रमेश कोइरालाले र कार्यक्रम सञ्चालन केदार पोख्रेलले गर्नुभएको थियो । सहकारी संस्थाले यस वर्ष ६८ लाख ९२ हजार ९ सय ६१ रुपैया ९४ पैसाको कारोवार गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *