
भद्रपुर १९ भदौ / नेपाल रेडक्रस सोसाइटी झापा शाखाले नेपाल रेडक्रसको ६१ औ स्थापना दिवसको अवसरमा मंगलबार आफ्नो शाखाको ५० औ साधारण सभा सम्पन्न गरेको छ।
झापा शाखाका सभापति लोकराज ढकालको अध्यक्षतामा र जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ वरालको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो।
साधारण सभामा वितेको बर्ष भरिमा बढी रगत संयोजन गर्ने रक्तदाता संस्थालाई पुरस्कार र स्व. रेवतीरमण नेपालको स्मृतिमा स्थापित ‘रेवतीरमण नेपाल स्वयम्सेवा’ सम्मान समेत प्रदान गरिएको थियो।
साधारण सभामा स्वयंसेवी पुरस्कारबाट रेडक्रसकर्मीहरू विश्वनाथ श्रेष्ठ, लक्ष्मी रिमाल र पदम खड्कालाई विगतमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै माला, दोसल्लासहित नगद र सम्मानपत्र प्रदान गरिएको थियो भने रक्तदाता संस्थाहरू राष्ट्रिय स्वतन्त्र पार्टी झापा, नेपाल प्रहरी श्रीमती संघ र मदन भण्डारी स्मृति प्रतिष्ठानलाई क्रमशः प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिएको थियो।

सभापति लोकराज ढकालले संस्थागत, मन्त्री चुडालले वार्षिक गतिविधि सहितको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष ओमप्रकाश गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको साधारण सभामा प्रमुख अतिथि
जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ वराल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, झापाका सहायक सिडियो विश्वराज नेपाल, नन्दप्रसाद पौडेल, यमवहादुर श्रेष्ठ, विश्वनाथ श्रेष्ठ,पदम खड्काले शुभकामना मन्तब्य राखेका थिए ।
उपसभापति मित्रप्रसाद काफ्लेले स्वागत मन्तव्य राखेको कार्यक्रममा स्वयम् सेवा पुरस्कार पाउने तीनै जनाले आफूले पाएको नगद पुरस्कार रेडक्रस गतिविधिकै लागि खर्च गर्ने गरी फिर्ता गर्नुभएको छ भने पुरस्कृत व्यक्तित्व श्रेष्ठले आफूले पाएको नगद रू. ११ हजारमा त्यतिनै रकम थपेर रेडक्रस झापाका सभापति लोकराज ढकाललाई साधारण सभामै हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमको संचालन मन्त्री चन्द्र चुडाल र उपमन्त्री प्रकाशचन्द्र खरेलले गर्नुभएको थियो।
I truly appreciate your technique of writing a blog. I added it to my bookmark site list and will
Your article helped me a lot, is there any more related content? Thanks!
Ankara’da hem yerli hem yabancı model seçenekleriyle böyle bir siteye denk gelmek nadir. Ankara escort pazarında bir numara.
İyi ki denk gelmişim dediğim bir site. Aradığım zarafet ve sınıf buradaydı. Özellikle Çankaya escort profilleri çok seçkin.
Üniversite öğrencisi modellerden olgun profillere kadar geniş bir portföy sunuluyor. Ankara Escort konusunda rakipsizler.