• Sat. Jul 27th, 2024

स्टुडेन्ट सर्कलद्वारा अपाङ्गता पुनर्स्थापना केन्द्रलाई सहयोग

BySaptahik Samachar

३ फाल्गुन २०७९, बुधबार २१:२७ ३ फाल्गुन २०७९, बुधबार २१:२७ ३ फाल्गुन २०७९, बुधबार २१:२७

भद्रपुर ३,फागुन /नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रद्वारा भद्रपुरमा सञ्चालित प्रदेश एक स्तरीय अपाङ्गता पुनर्स्थापना केन्द्रमा रहेका आश्रित अपाङ्गहरूलाई वीरेन्द्र नमुना क्याम्पस चन्द्रगढीको स्टुडेन्ट क्वालिटी सर्कलले नगद सहयोग गरेको छ।
सामाजिक दायित्व अन्तर्गत सहयोग कार्यक्रम भनेर विद्यार्थीहरूबाट संकलन गरिएको नगद रू.८ हजार सर्कल आवध्द विद्यार्थीहरूको एउटा टोलीले पुनर्स्थापना केन्द्रमै गएर हस्तान्तरण गरेको हो।
सो नगद रकम नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापाका कार्यकारी सदस्यद्वय दिवस खड्का र चन्दन महतोले संयुक्त रुपमा बुझेको अपाङ्ग संघकी कार्यालय सहायक लक्ष्मी ढकालले बताउनुभयो ।
गुणस्तरयुक्त विद्यार्थी उत्पादन गर्ने लक्ष्यका साथ गठन गरिएको स्टुडेन्ट क्वालिटी सर्कलले सामाजिक क्षेत्रमा पनि योगदान गर्दै आएको सर्कलका अजय रायमाझीले जानकारी दिनुभयो। रकम हस्तान्तरण कार्यक्रममा अपाङ्ग पुनर्स्थापना केन्द्रको विषयमा कार्यक्रम संयोजक केदार महतले जानकारी गराउनुभएको थियो। सो केन्द्रमा हाल १३ जना आश्रितहरू रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *