• Thu. Oct 24th, 2024

सीपमूलक शिक्षा : भद्रपुरमा ‘पढ्दै–कमाउँदै कार्यक्रम’

BySaptahik Samachar

२२ असार २०८१, शुक्रबार १५:५५ २२ असार २०८१, शुक्रबार १५:५५ २२ असार २०८१, शुक्रबार १५:५५

राजबाबु शंकर—

भद्रपुर २०,असार / भद्रपुर नगरपालिका क्षेत्रमा ‘‘पढ्दै–कमाउँदै कार्यक्रम’’ शुरु भएको छ । भद्रपुर नगर प्रमुख गणेश पोखरेलले यही असार २० गते सो कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
स्थानीय वडा न.–१ स्थित हिमाली माध्यमिक विद्यालयमा २०७३ सालदेखि पढाइ–सिकाइ हुँदै आएको पशु प्राविधिक धार तर्फ यही शैक्षिक सत्रबाट ‘पढ्दै–कमाउँदै कार्यक्रम’ लागू भएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको देशव्यापी कार्यक्रम अन्तर्गत प्राविधिक विषयक पढाइसँगै सीपमूलक उद्यमशीलता प्रवद्धन गर्न भद्रपुर नगरपालिका क्षेत्रमा पहिलो पटक विद्यालयस्तरबाटै विद्यार्थीलाई उद्यमशील बनाउने र स्वदेशमै रोजगार बन्न सकिन्छ भन्ने भावनाको विकास गराउने उद्देश्यले पढ्दै–कमाउँदै कार्यक्रमलाई अहिले आएर महत्त्व दिइएको छ ।
यो कार्यक्रम अन्तर्गत गाई, भैंसी, बाख्रा, बोयर बीउ बोका, बङ्गुर, कुखुरा र माछापालनका साथै सागसब्जीको खेती सम्बन्धी विद्यार्थीहरूलाई व्यावहारिक र सीपमूलक शिक्षा प्रदान गरेर व्यावसायिक बनाउन मद्दत पु¥याउने नगर–प्रमुख पोखरेलको कथन छ ।
उपप्रमुख राधा कार्कीले पनि ‘अहिलेको आवश्यकता नै प्राविधिक शिक्षा भएको बताउँदै सीपयुक्त प्राविधिक शिक्षाले युवायुवतीहरूलाई वैदेशिक रोजगारीमा जान रोक्नुका साथै व्यावसायिक बनाउने’ बताउनुभएको छ ।
पशु र माछापालन तथा च्याउ र टनेल खेती सम्बन्धमा पढाइपछि सोको व्यावहारिक सिकाइ फिल्डमा प्रयोगात्मक अभ्यासद्वारा हुने बताउँदै प्रअ. दीपक दाहालले– सोही प्रयोगात्मक अभ्यासको चरणमा किसानहरूलाई बालीनाली लाउँदा र पशुपालन गर्दा ध्यान दिनु पर्ने एवम् रोगव्याधिका बेला गर्नु पर्ने उपचारका सम्बन्धमा विद्यार्थीहरूले जानकारी दिने बताउनुभयो ।

प्रयोगात्मक सिकाइका क्रममा फिल्डमा खटिँदा वा बोलाएका बेलामा बिरामी चौपायाहरूको उपचार समेत गर्ने विद्यार्थीहरूले सो काम वापत लिने विद्यालयद्वारा निर्धारित सेवा–शुल्कको ५० प्रतिशत रकम पाउने भएबाट यस कार्यक्रमलाई ‘पढ्दै कमाउँदै’ भनिएको पनि उहाँले जानकारी दिनुभयो ।
विद्यालयमा पशु प्राविधिक धार तर्फको ४ वर्षे स्नातक तहको पढाइ–सिकाइ शुरु भएयता संघीय सरकारले सशर्त अनुदान उपलब्ध गराउँदै आएको छ भने चालू आव. २०८०–’८१ मा भद्रपुर नगरपालिकाले पहिलो पटक १० लाख बजेट विनियोजन गरेको छ । आगामी आव.का लागि पनि नपा.ले बजेट विनियोजन गरेको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले बताउनुभयो ।
पढ्दै–कमाउँदै कार्यक्रमको बजेटबाट यस वर्ष विद्यालयको १० बिघा जग्गामध्ये ५ कट्ठामा माछापोखरी सञ्चालनमा ल्याइएको, पशुपालनका लागि खोर निर्माण, कृषिजन्य खेतीका लागि जग्गा तयार गरिनुका साथै दाना बनाउने मेसिन खरीद गरिएको र अब च्याउ खेतीका लागि विद्यालयको एउटा कक्षा कोठा प्रयोगमा ल्याउने तयारी गरिएको प्रअ. दाहालले जानकारी दिनुभयो ।
हिमाली मावि.मा पशु प्राविधिक धार तर्फ हालसम्म चौथो ब्याचको पढाइ सकिँदा निजामती तर्फको नासु. सरह ५० जना जुनियर टेक्निसियन उत्पादन भइसकेका छन् । यो धारको पढाइ कक्षा– ९ देखि नै शुरु भएर १२ कक्षासम्म चालू रहन्छ । हाल पाँचौं ब्याचमा करीब ८० जनाको पढाइ–सिकाइ चालू रहेको छ, कार्यक्रमका संयोजक शिक्षक विनोद खरेलका अनुसार, यस धार तर्फ १ जना ल्याब–टेक्निसियन र ७ जना शिक्षक कार्यरत् छन् ।

Related Post

भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत
झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।
यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध
25 thoughts on “सीपमूलक शिक्षा : भद्रपुरमा ‘पढ्दै–कमाउँदै कार्यक्रम’”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed