• Sat. Jul 27th, 2024

सिद्धान्तको १३ औं साधारण सभा सम्पन्न / चार जनालाई सम्मान

BySaptahik Samachar

२६ पुष २०८०, बिहीबार १४:१५ २६ पुष २०८०, बिहीबार १४:१५ २६ पुष २०८०, बिहीबार १४:१५

भद्रपुर २६,पुस / सामाजिक उत्तरदायित्व अन्तर्गत चार जनालाई सम्मान गर्दै भद्रपुरमा रहेको सिद्धान्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं साधारण सभा सम्पन्न भएको छ। भद्रपुर १० नम्बर वडा कार्यालयमा आज सम्पन्न साधारण सभाको अवसरमा जेष्ठ नागरिक अम्बिकादेवी कट्टेल, उत्कृष्ट कारोबारी बचतकर्ता तर्फ भद्रपुर – ७ कि सुमित्रा गिरी, ऋणीतर्फ लालवहादुर यादव र फरक क्षमताका दिनलाल माझीलाई व्यवसायिक कारोबारका लागि प्रोत्साहन स्वरूप नगदसहित सम्मान गरिएको थियो।

भद्रपुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्य र सहकारीका अध्यक्ष अध्यक्ष गोपाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले गत आर्थिक वर्षमा ३ लाख २८ हजार ३ सय ३३ रूपैयाँ मुनाफा गर्दै शेयर सदस्यलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

साधारण सभामा प्रमुख अतिथि खड्का सहित झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष उर्मिला गौतम, स्वर्गद्वारी कृषि सहकारी संस्था लिमिटेड भद्रपुरका अध्यक्ष गोपालबहादुर थापा, नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरीले शुभकामना मन्तव्य राख्नुभएको थियो।
सचिव ऋषि चापागाईंले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष देवीमाया प्रधानले राख्नुभएको थियो।साधारण सभामा संयोजक गोविन्द कोइरालाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष धनजुजु श्रेष्ठले आय व्यय प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो।

3 thoughts on “सिद्धान्तको १३ औं साधारण सभा सम्पन्न / चार जनालाई सम्मान”

Leave a Reply

Your email address will not be published. Required fields are marked *