• Sat. Oct 12th, 2024

सिएलएम.कार्यक्रममा सरोकारवाला प्रतिनिधिको बैठक सम्पन्न

BySaptahik Samachar

१२ मंसिर २०८०, मंगलवार २०:३५ १२ मंसिर २०८०, मंगलवार २०:३५ १२ मंसिर २०८०, मंगलवार २०:३५

भद्रपुर १२ मङ्सिर / समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम अन्तर्गत एचआईभी र यस सम्बन्धी सेवाहरूको प्रवर्द्धन गर्न सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरू एक हुन पर्नेमा जोड दिइएको छ।
युएन एड्स, स्पर्श नेपाल र रिचमण्ड फेलोसिप मोरङको साझेदारीमा सञ्चालित सीएलएम कार्यक्रमको भद्रपुरमा मङ्गलवार भएको बैठकमा सहभागी सरोकारवाला संस्थाका प्रतिनिधिहरूले समस्याको पहिचान गर्न जनस्तरसम्म पुगेर तिनका पीडालाई गम्भीरतापूर्वक ग्रहण गर्न स्थानीय सरकारसंगको समन्वय पनि त्यतिकै आवश्यक रहेको बताएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलको अध्यक्षतामा भएको बैठकमा सहभागी प्रतिनिधिहरूले सेवाको गुणस्तर, क्षेत्र विस्तार, संक्रमितहरूप्रति हेर्ने दृष्टिकोण एवं सरकारी तथा गैरसरकारी संघ संस्थाहरू बीचको साझेदारी जस्ता विषयलाई प्राथमिकता दिनुपर्ने विषय उठान गरेका थिए।
कार्यक्रमका फोकल पर्सन दीपक ढकालले सीएलएम कार्यक्रम सञ्चालन गरिरहँदा पाएका समस्या, चुनौती र सुझावहरूलाई बैठकमा प्रस्तुत गर्नुभएको थियो भने एचआईभी रोकथाम कार्यक्रमका अगुवा गोविन्द नेउपानेले सहजीकरण गर्नुभएको थियो । बैठकमा जनस्वास्थ्य अधिकृतहरू सहित सरोकारवाला विभिन्न संघ संस्थाका प्रतिनिधि र सामाजिक सहयोग युनिटका प्रतिनिधिहरू सहभागी थिए।

490 thoughts on “सिएलएम.कार्यक्रममा सरोकारवाला प्रतिनिधिको बैठक सम्पन्न”