• Tue. Dec 9th, 2025

साहित्यकार रेग्मीलाई सम्मान

BySaptahik Samachar

१८ फाल्गुन २०७८, बुधबार २२:०१ १८ फाल्गुन २०७८, बुधबार २२:०१ १८ फाल्गुन २०७८, बुधबार २२:०१

भद्रपुर,१८ फागुन / नरोत्तम रत्न स्रष्टा-२०७७ बाट सम्मानित साहित्यकार तथा समालोचक चुडामणी रेग्मीलाई बुधबार प्रशस्ति पत्र प्रदान गरिएको छ। गत फाल्गुण ७ गते नै उहाँ लगायतलाई सम्मान गर्ने भनिए तापनि रेग्मीको स्वास्थ्यमा आएको समस्याका कारण सम्मान प्रदान गर्ने कार्यक्रममा उपस्थित हुन नसके पछि आज उहाँलाई भद्रपुर १० स्थित निवासमै पुगेर सम्मान गरिएको हो।
६५ वर्षदेखि निरन्तर नेपाली भाषा साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाली भाषा-व्याकरणको मानकीकरण तथा तत्सम् शब्दको वर्ण विन्यासमा सबैभन्दा अकाट्य विवेचना प्राज्ञिक तहमा ल्याइसकेका विद्वान रेग्मीलाई निरा रशिक फाउन्डेसनले सम्मान गरेको हो। उहाँका ५ दर्जन बढी कृतिहरू प्रकाशित छन्।
मोफसलमा बसेर भाषा साहित्यको जगतमा अग्रणी नाम बनाउने र नित्य निरन्तर साहित्य साधनामा लागिरहने रेग्मीलाई एक संक्षिप्त कार्यक्रमका वीच साहित्य-भाष्करको उपमाले सम्बोधन गर्दै साहित्यकार पुण्यप्रसाद खरेलको अध्यक्षता र गीतकार तथा आयोजक संस्थाका अध्यक्ष गणेश रसिकको विशेष उपस्थितिमा प्रदेश एकका भूमि , सहकारी तथा गरिबी निवारण मन्त्री ओम प्रकास सरावगीको वाहुलीबाट प्रशस्ति पत्र हस्तान्तरण गरिएको हो।२० हजार रूपैयाँ राशि रहेको प्रशस्ति पत्र हस्तान्तरण कार्यक्रमको संचालन पत्रकार चन्द्र भण्डारीले गर्नुभएको थियो।

48 thoughts on “साहित्यकार रेग्मीलाई सम्मान”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *