• Fri. May 16th, 2025

भद्रपुरमा सार्वजनिक दुर्गा भव्यतासाथ मनाइने

BySaptahik Samachar

२ आश्विन २०७९, आईतवार ०५:२८ २ आश्विन २०७९, आईतवार ०५:२८ २ आश्विन २०७९, आईतवार ०५:२८

भद्रपुर /भद्रपुरमा सधैं झैं यस वर्ष पनि धुमधामका साथ दुर्गा पूजा गरिने भएको छ। सार्वजनिक दुर्गा मन्दिर समितिको पहलमा झापाको भद्रपुरमा परम्परादेखि मनाउँदै आएको जिल्ला स्तरीय सार्वजनिक दुर्गा पूजा भव्यता साथ मनाउने तयारी भएको हो।
भद्रपुर-६ नं.वडास्थित भद्रपुरको वीच बजारमा रहेको दुर्गा मन्दिरमा घटस्थापनादेखि नै धार्मिक विधिअनुसार चण्डी पाठ, सप्तसति पाठ लगायत नवरात्रि भर पञ्चवली दिने, जमरा राख्ने, बढाईंका साथ फुलपाती भित्र्याउने, होमकर्म आदि अनुष्ठान गरिने छ।
सार्वजनिक दुर्गा मन्दिर समितिका अध्यक्ष पारसनाथ यादवको अध्यक्षतामा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लगायत सुरक्षा निकायका जिल्लास्तरीय उच्च पदस्थ व्यक्तिहरूको उपस्थितिमा शनिवार भएको भेलाले त्यस्तो निर्णय गरेको समितिका सचिव राजेन्द्र चापागाईंले जानकारी दिनुभयो।
भद्रपुर नगरपालिकाको भानुनगर स्थित कार्यालय परिसरमा भेला भई भद्रपुर वडा नम्बर ५ को कार्यालय, भद्रपुर वजार परिक्रमा गर्दै नौं जना कन्या, बाजागाजासहित सेना र प्रहरीको टुकडी भद्रपुर भन्सारसम्म पुग्ने र त्यहाँबाट ल्याइएको फुलपाती बढाईंका साथ दुर्गा मन्दिरमा भित्र्याउने कार्यक्रम तय भएको चापागाईंले जनाउनुभयो।

26 thoughts on “भद्रपुरमा सार्वजनिक दुर्गा भव्यतासाथ मनाइने”

Leave a Reply

Your email address will not be published. Required fields are marked *