• Sat. Jul 27th, 2024

सहारा साकोसको होली मिलन कार्यक्रम

BySaptahik Samachar

१० चैत्र २०८०, शनिबार २३:०१ १० चैत्र २०८०, शनिबार २३:०१ १० चैत्र २०८०, शनिबार २३:०१

बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

भद्रपुर १०,चैत / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको चन्द्रगढी शाखाले सचेतना शिक्षा तथा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ। फागु पर्वको उपलक्ष्यमा उपसमिति र इकाई समितिका सदस्यसहित लघुवित्तका सदस्यहरूलाई शनिवार भद्रपुर ७ स्थित डाँफे चिया फैक्ट्री नजिकै मन्दिरमा दिउँसो बित्तीय साक्षरता तथा होली मिलन कार्यक्रम सम्पन्न गरिएको हो।

सहारा साकोसको वार्षिक कार्यक्रम अन्तर्गत सहारा शिक्षा कार्यक्रम र होली मिलन कार्यक्रम सम्पन्न गरिएको सहारा साकोसका चन्द्रगढी प्रमुख सुदिप खड्काले जानकारी दिनुभयो। कार्यक्रममा चन्द्रगढी सेवा केन्द्रका पदाधिकारी सदस्य रमला वराल अधिकारी, इकाई समितिका सदस्य एवं कार्यालयका कर्मचारीहरूको सहभागिता थियो। कार्यक्रममा बित्तीय साक्षरता कक्षा सञ्चालन गरेर सचेतना प्रदान गर्नुका साथै होलीको अवसरमा रङ अविर खेलेर लघुवित्तका सदस्यहरूले एक आपसमा एकता र सद्भाव प्रकट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *