सहारा साकोसका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक उपेन्द्रप्रसाद ओलीको सभापतित्व तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको सोही एकाई साधारण सभामा ६४ जनालाई कोभिड सहायता रकम पनि वितरण गरिएको थियो। सहाराले कोभिड प्रभावितहरूलाई १४ दिनको दैनिक ५ सयका दरले प्रत्येकलाई ७ हजार रूपैयाँ प्रदान गर्ने निर्णय गरे बमोजिम चन्द्रगढी सेवा केन्द्र अन्तरगतका ६४ जनालाई रकम हस्तान्तरण गरिएको हो।
साधारण सभामा सहारा साकोसका सदस्य शंकरप्रसाद रिजालले वार्षिक प्रतिवेदन, उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले नीति तथा कार्यक्रम, लेखा संयोजक भरतकुमार भट्टराईले लेखा प्रतिवेदन र ऋण उपसमितिका सदस्य ताराप्रसाद प्रसाईंले ऋण प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा विभिन्न शेयर सदस्यहरूले सुझाव तथा जिज्ञासा राख्नुभएको थियो।
साधारण सभामा प्रमुख अतिथि नगर प्रमुख श्रेष्ठ, विशेष अतिथि जिल्ला समन्वय समिति झापाकी उपप्रमुख मिना पराजुली,वडा अध्यक्षहरू विनोदप्रसाद पोखरेल र टेकबहादुर खड्का’काजी’ र सहारा साकोसका सल्लाहकार छविलाल खतिवडाले मन्तव्य राख्नुभएको थियो।
कोभिड सहायता रकम प्राप्त गर्ने टीकाराम उप्रेती र लिला भूर्तेलले प्रतिनिधिमूलक ढङ्गले कोभिड प्रभावित हुँदाको अनुभव शेयर गरेको सो साधारण सभामा चन्द्रगढी एकाई सहयोग समितिका संयोजक खेमराज गिरीले स्वागत मन्तव्य र चन्द्रगढी एकाई केन्द्र प्रमुख कल्पना मिश्रले सो एकाईको लगानी र आय व्ययको विवरण प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सहारा साकोसकी सदस्य चित्रकला ओलीले गर्नुभएको थियो।