• Sat. Jul 27th, 2024

सहारा साकोसको चन्द्रगढी सेवा केन्द्रमा इकाईगत साधारणसभा सम्पन्न

BySaptahik Samachar

२२ आश्विन २०८०, सोमबार १९:३४ २२ आश्विन २०८०, सोमबार १९:३४ २२ आश्विन २०८०, सोमबार १९:३४

भद्रपुर २२, असोज / नेपालकै ठुलो सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आइतबारदेखि सुरु गरेको २७ औँ वार्षिक साधारणसभाको इकाइगत साधारणसभा सोमवार भद्रपुरमा सम्पन्न भएको छ ।
चन्द्रगढी सेवा केन्द्रको आयोजनामा साकोसको चन्द्रगढी, ढडुवा, ज्ञानेचोक, पथरिया र वनियानीका सदस्यहरू केन्द्रित साधारणसभा आज भद्रपुर १० चन्द्रगढीको शिवांस होटलमा सम्पन्न भएको हो।

सहारा साकोसका लेखा सुपरिवेक्षण समितिका सदस्य शंकर सुवेदीको सभापतित्व र भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको साधारण सभामा एकल महिला २८ जनालाई २ लाख २४ हजार, पोषण कार्यक्रम अन्तर्गत ७ जना जेष्ठ सदस्यलाई ४२ हजार र २ जनालाई कर्जा सुरक्षण वापत ५ लाख ५५ हजार वितरण गरिएको चन्द्रगढी सेवा केन्द्रका प्रमुख सुदिप खड्काले बताउनुभयो। साधारण सभालाई प्रमुख अतिथि नगर प्रमुख पोखरेल, निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ तथा वडा अध्यक्षहरू टेकबहादुर खड्का काजी र अभिषेक ढुङ्गानाले शुभकामना सहित सुझावहरू राख्नुभएको थियो।

कार्यक्रमका सभापति सुवेदी, सहाराका बरिष्ठ अधिकृत मुकुन्दसेन कार्कीले र अनुगमन अधिकृत गोमा बस्नेतले सहाराका विभिन्न प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन चन्द्रगढी सेवा केन्द्र समितिका सदस्य टिकाराम उप्रेतीले र स्वागत मन्तव्य सेवा केन्द्रका संयोजक गोपाल गिरीले गर्नुभएको थियो। साधारण सभामा ६सय बढी शेयर सदस्यको उपस्थिति रहेको थियो।
संस्थाले छवटा जिल्लामा हुने इकाइगत साधारणसभाबाट ३१ जना प्रतिनिधि छनोट गरेर आगामी कात्तिक १८ गते अन्तिम माइन्युट प्रमाणीकरण गर्ने बताइएको छ ।
इकाइगत साधारणसभा अन्तर्गत पाँचथरबाट एकजना, उदयपुरबाट एकजना, इलामबाट दुईजना, सुनसरीबाट चारजना, मोरङबाट छजना र झापाबाट १७ जना प्रतिनिधि छनोट हुने जनाइएको छ ।
यसैबीच, आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्ममा १ लाख ५७ हजार ६०६ शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी १ अर्ब ६३ करोड १४ लाख ५२ हजार १०० रुपैयाँ रहेको छ ।
संस्थाले यस आर्थिक वर्षमा २ अर्ब २१ करोड २४ लाख ४० हजार १४० रुपैयाँ आम्दानी गरेर र १ अर्ब ८१ करोड ३७ लाख ४३ हजार ५६१ रुपैयाँ खर्च गरेर खुद नाफा ३९ करोड ८६ लाख ९६ हजार ५७९ रुपैयाँ गरेको प्रतिवेदनमा उल्लेख छ ।
यसैबीच, संस्थाले सामाजिक सुरक्षा नियमित कार्यक्रमअन्तर्गतको रकम चाडबाडलाई मध्यनजर गर्दै इकाइगत साधारणसभाबाट वितरण गर्ने जनाइएको छ ।
सामाजिक सुरक्षा नियमित कार्यक्रमअन्तर्गत चाडपर्वलाई मध्यनजर गर्दै यस वर्ष एक हजार २४२ जनालाई रकम वितरण गर्ने भएको छ ।
संस्थाले २७ औँ वार्षिक साधारणसभाका अवसरमा सामाजिक सुरक्षा नियमित कार्यक्रमअन्तर्गत १ करोड १६ लाख ६६ हजार रुपैयाँ वितरण गर्ने भएको प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।
कार्यकारी प्रमुख गिरीका अनुसार ८१५ जना एकल महिलालाई जनही ८ हजारका दरले ६५ लाख २० हजार, पोषण भत्ताअन्तर्गत ६५ वर्षमाथिका २४३ जनालाई जनही ६ हजारका दरले १४ लाख ४८ हजार, ज्येष्ठ नागरिक सम्मानअन्तर्गत ७० वर्षमाथिका १२८ जनालाई जनही ८ हजारका दरले १० लाख २४ हजार, वृद्धवृद्धा सम्मानअन्तर्गत ८१ वर्ष माथिका १० जनालाई जनही १० हजारका दरले १ लाख रुपैयाँ वितरण गरिनेछ ।
त्यस्तै, दीर्घायु भत्ता ८६ वर्ष माथिका पाँचजनालाई जनही २५ हजारका दरले १ लाख २५ हजार, एकल पुरुष ५८ वर्षमाथिका १४ जनालाई जनही ६ हजारका दरले ८४ हजार, असक्त तथा अपाङ्ग भत्ता १२ जनालाई जनही १० हजारका दरले १ लाख २० हजार र परिवार राहतअन्तर्गत १५ जनालाई २२ लाख ३५ हजार रुपैयाँ वितरण गरिने प्रमुख कार्यकारी गिरीले बताए ।
झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र उदयपुर जिल्लासहित छवटा जिल्लाका ८० वटा सेवाकेन्द्रमार्फत सेवा प्रदान गर्दै आएको सहारा नेपाल साकोसले प्रत्येक वर्ष सामाजिक सुरक्षाअन्तर्गत सदस्यहरुलाई रकम वितरण गर्दै आएको छ ।

2 thoughts on “सहारा साकोसको चन्द्रगढी सेवा केन्द्रमा इकाईगत साधारणसभा सम्पन्न”

Leave a Reply

Your email address will not be published. Required fields are marked *