• Sat. Jul 27th, 2024

सहकारीद्वारा वडा कार्यालयलाई डस्टवीन

BySaptahik Samachar

१८ चैत्र २०८०, आईतवार १६:५३ १८ चैत्र २०८०, आईतवार १६:५३ १८ चैत्र २०८०, आईतवार १६:५३

भद्रपुर १८,चैत / राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि.भद्रपुर झापाले संस्थाको रजत जयन्तीको अवसरमा भद्रपुर नगरपालिका भित्रका ३ वटा वडालाई  प्लास्टिकका डस्विन वितरण गरेको छ ।
अध्यक्ष वशिष्ठ अधिकारीको नेतृत्वमा वार्ड न ७ , ८ र १० न. वडा कार्यालयमा पुगेर सहकारी संचालकहरुको टोलीले ३० थान डस्विन संवन्धित वार्डका अध्यक्षलाई  आइतवार अायोजित कार्यक्रममा वितरण गरिएको  हो

अध्यक्ष अधिकारीले सहकारीको सामाजिक उतरदायित्व कार्यक्रम  अन्तरगत वार्ड सरसफाई गर्न सहज पुग्ने उद्देश्यले वार्ड न ७ र १० मा ८/८ थान गरी जम्मा १६ थान तथा वार्ड न. ८ मा १४ थान  सहित जम्मा  ३० थान डस्विन वितरण गरिएको  बताउनु भयो ।

नगर प्रमुख गणेश पोखरेलको उपस्थितिमा वार्ड  न. ७ का वार्ड अध्यक्ष अभिषेक ढुङ्गाना, ८ नम्वर वार्ड अध्यक्ष गौरव सुब्बा र १० नम्बर वडा अध्यक्ष टेकबहादुर खड्का काजीलाई सो सामग्री हस्तान्तरण गरिएको  सहकारीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *