• Sat. Jul 27th, 2024

सवारी साधनको सीमा अवरोध हट्यो

BySaptahik Samachar

२० श्रावण २०८०, शनिबार ०७:५६ २० श्रावण २०८०, शनिबार ०७:५६ २० श्रावण २०८०, शनिबार ०७:५६

गाडीका कागज बोक्न अनिवार्य

भद्रपुर २० साउन / भद्रपुरको सीमावर्ती भारतीय बजार गलगलिया जाने नेपाली नम्बर प्लेटका सवारी साधनमाथि लगाइएको रोक फुकुवा भएको छ । भारतको सीमा सुरक्षा निकाय एस.एस. वी.ले केन्द्रीय निर्देशन भन्दै नेपाली सवारी साधनलाई गलगलियासम्म जान लगाएको रोक शुक्रवारबाट फुकुवा भएको हो ।
भारतीय महावाणिज्य दुतावासले विशेष पास लिनुपर्ने भनी दिएको निर्देशन नेपाली पक्षको पहलमा हटेको छ । नेपाली नम्बर प्लेट भएका सवारी साधनहरु विगतमा जस्तै गलगलिया रेल्वे स्टेशनसम्म निर्वाध जान पाउने गरीको सुविधा छ तर सवारीधनीले गाडीको ब्ल्यु बुक र लाइसेन्स अनिवार्य बोक्नु पर्नेछ ।

नेपालका एक आधिकारीले भने- ” सवारी साधनको ब्ल्यु बुक र चालकको लाइसेन्स नभए दुःख पाउन सकिन्छ, आफनो अधिकार पत्र बोकेर मात्र भारतीय बजारसम्म सवारी लैजाने गरी सहमति भएको छ ।”
यो सहमति पछि शुक्रवारबाटै विगतमा जस्तै निर्वाध नेपाली सवारीहरु सीमावर्ती भारतीय वजार गलगलिया र नजिकको रेल्वे स्टेसन सम्म आउ जाउ भएको छ ।

One thought on “सवारी साधनको सीमा अवरोध हट्यो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *