• Sat. Jul 27th, 2024

समाजसेवी श्रेष्ठद्वारा अपाङ्ग संघलाई खाद्यान्न सहयोग

BySaptahik Samachar

२७ भाद्र २०७८, आईतवार १७:२८ २७ भाद्र २०७८, आईतवार १७:२८ २७ भाद्र २०७८, आईतवार १७:२८

भद्रपुर २७ भदौ/समाजसेवी धनजुजु श्रेष्ठले अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र झापा शाखाको अपाङ्गता नागरिक ग्राममा आवासीय रूपमा रहेका सहारा विहिन अपाङ्गता भएका व्यक्तिलाई खाद्य सामग्री हस्तान्तरण गर्नुभएको छ।
आज एक संक्षिप्त कार्यक्रमका वीच श्रेष्ठले अपाङ्ग संघका अध्यक्ष ऋषि चापागाईँ लगायत कार्यसमितिलाई आवासीय रूपमा बसेकाहरूका लागि चाहिने एक महिनाको सामग्री हस्तान्तरण गर्नुभएको हो।
समाजसेवी श्रेष्ठ नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको राष्ट्रिय अध्यक्ष पनि हुनुहुन्छ। उहाँले,आवासीय रूपमा वसेका सहारा विहिनलाई चामल, दाल, नुन-तेल, चना, मटर, चिनी,मसला, चिया-बिस्कुट,अण्डा तथा दैनिक उपभोग्य सामानहरू सावुन, ब्रस, पेस्ट, सेनिटरी प्याड लगायत सामग्री प्रदान गर्नुभएको हो।

श्रेष्ठ परिवारले विशेष गरेर अपाङ्गता भएका सहारा विहिनलाई सहयोग गर्न कोष खडा गर्दै गएको दाता समाजसेवी धनजुजु श्रेष्ठले जनाउनु भयो। उहाँले भन्नुभयो – ‘बावुको मुख हेर्ने दिन कुशे औँसीको सन्दर्भ पारेर पितृहरूको सम्झनामा सामग्री प्रदान गरिएको हो।’ नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा प्रदेश १अपाङ्गता नागरिक ग्राममा आवासीय रूपमा १० जना अपाङ्गता भएका व्यक्ति राख्न सकिने भए पनि हाल ७ जना रहेको र १/२ दिनमै अरू थपिने सुचना आइसकेको अध्यक्ष ऋषि चापागाईँले वताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *