• Sat. Jul 27th, 2024

समाजसेवी अग्रवालको प्रथम वार्षिक पुण्य तिथिमा सामाजिक कार्य

BySaptahik Samachar

२३ असार २०७९, बिहीबार १७:४८ २३ असार २०७९, बिहीबार १७:४८ २३ असार २०७९, बिहीबार १७:४८

भद्रपुर २३,असार /झापाका स्थापित सामाजिक व्यक्तित्व पर्शुराम अग्रवालको स्मृतिमा मेची प्रादेशिक अस्पताल भद्रपुरका विरामीहरूलाई फलफूल वितरण गरिएको छ। स्वर्गीय अग्रवालको प्रथम वार्षिक पुण्य तिथिका अवसरमा उहाँका परिवारजनले सामाजिक कार्यमा संलग्न भएर पुण्य तिथि मनाएका हुन्।
सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरको संयोजनमा स्वर्गीय अग्रवालका छोरा बुहारी नितेश अग्रवाल /हर्षा अग्रवालका तर्फबाट मेची अस्पतालमा उपचार गराइरहेका विरामी, त्यहाँको पोषण पुनर्स्थापना गृह, प्रशुति सेवा र बालबच्चा कक्षमा फलफूल वितरण गरिएको हो ।

समाज सेवामा सधैं अग्रसर स्वर्गीय अग्रवालको स्मृतिमा आजै भद्रपुर – ७ स्थित सरस्वती आदर्श प्राथमिक विद्यालयका ६० जना छात्र छात्रालाई जुत्ता मोजा पनि प्रदान गरिएको सामुदायिक सेवा केन्द्रले जनाएको छ। सामग्री वितरण गर्न सामुदायिक सेवा केन्द्रका पदाधिकारी सहित वडा प्रहरी कार्यालयका प्रहरी र परिवारका सदस्यहरू उपस्थित थिए।

46 thoughts on “समाजसेवी अग्रवालको प्रथम वार्षिक पुण्य तिथिमा सामाजिक कार्य”

Leave a Reply

Your email address will not be published. Required fields are marked *