• Sat. Jul 27th, 2024

सन्दर्भ नारी दिवसः कारागारका महिला कैदीलाई फलफूल

BySaptahik Samachar

२४ फाल्गुन २०७८, मंगलवार १४:१६ २४ फाल्गुन २०७८, मंगलवार १४:१६ २४ फाल्गुन २०७८, मंगलवार १४:१६
 भद्रपुर २३,फागुन /अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जिल्ला कारागार भद्रपुरका महिला कैदी बन्दीहरूलाई फलफूल वितरण गरिएको छ। साना हातहरु नेपाल भद्रपुर,मानव अधिकारका लागि महिला एकल महिला ,एबिसी नेपाल र दिदिबहिनी समुहको आयोजनामा जिल्ला झापा कारागारमै एक कार्यक्रमको आयोजना गरी फलफुल  बितरण गरिएको हो ।  
  एविसी नेपालकी अध्यक्ष कन्चना सिटौलाले गर्नु भएको कार्यक्रममा  एकल महिला अध्यक्ष रेखा अधिकारी, नेपाल भारत मैत्री संघकी केन्द्रीय  सदस्य ज्योति नेउपाने , बिर्तामोड ५ नम्बर वडा जनप्रतिनिधि हर्कमाया बिक  तथा महिला आन्तरिक प्रशासन प्रमुख रिता राई लगायतले मन्तव्य राख्नु भएको थियो । 
 साना हातहरु नेपाल संस्थाका स्टेसन म्यानेजर बिक्रम वाग्लेको सन्चालन रहेको कार्यक्रमकै अवसरमा त्यहाँ रहेका ५ जना बालबालिकालाई कपडा तथा खानेकुरा बितरण गरिएको थियो ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएका  महिलाहरूलाइ पनि सेनेटरि प्याड बितरण गरेको कार्यक्रम सन्चालक वाग्लेले जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *