• Sat. Jan 17th, 2026

सन्दर्भः क्षयरोग दिवस/नाटा झापाद्वारा अभिमुखीकरण कार्यक्रम

BySaptahik Samachar

१० चैत्र २०७९, शुक्रबार १९:१० १० चैत्र २०७९, शुक्रबार १९:१० १० चैत्र २०७९, शुक्रबार १९:१०

झापा नाटामा डि आर सेन्टरको सुरुआत

भद्रपुर १०,चैत्र /विश्व क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था झापा शाखाले विद्यालयमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। ” हो, हामी क्षयरोग अन्त्य गर्छौँ ” भन्ने प्रतिबध्दता पूर्ण नाराका साथ मनाइएको वर्ष 2023 को नारालाई सार्थक पार्न झापा शाखाले भद्रपुर – ४ को महेशपुर आधारभुत विद्यालयमा अभिमुखीकरण सम्पन्न गरेको हो।
क्षयरोग निवारण संस्था झापाका उपसभापति धनजुजु श्रेष्ठको अध्यक्षतामा भएको अभिमुखीकरणमा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रमका संयोजक तथा क्षयरोग निवारण संस्था झापाका सहसचिव शर्मिला अधिकारीले जानकारी दिनुभयो।

स्वास्थ्य कार्यालय झापा र पोषण पुनर्स्थापना केन्द्रका प्रतिनिधिले सहजीकरण गरेको अभिमुखीकरण कार्यक्रममा कार्यक्रम संयोजक अधिकारी, संस्थाका कोषाध्यक्ष ससीम पोखरेल,सदस्य हेमकुमार घिमिरे, गंगा लिम्बू, विद्यालयका प्रधानाध्यापक नारायण प्याकुरेल लगायतले धारणा राख्नुभएको थियो भने कार्यक्रमको सन्चालन सचिव केदार महतले गर्नुभएको थियो ।

विश्व क्षयरोग दिवसकै अवसरमा आज भद्रपुर स्थित क्षयरोग निवारण संस्थाको कार्यालयमा क्षयरोगीहरूका लागि सुरु गरिएको औषधि प्रतिरोधी उपचार केन्द्र डि आर सेन्टरको उद्घाटन गरिएको छ। कोसी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको सो कार्यक्रममा डि आर सेन्टरका लागि आवश्यक आधारभूत सामग्री पनि हस्तान्तरण गर्ने कार्यक्रममा जनाइयो भने सोही अवसरमा आयोजित अन्तरक्रियामा औषधि सेवन गरिरहेका क्षयरोगीहरूलाई पोषिलो खानेकुरा अण्डा, चना जस्ता सामग्री पनि हस्तान्तरण गरिएको थियो।

40 thoughts on “सन्दर्भः क्षयरोग दिवस/नाटा झापाद्वारा अभिमुखीकरण कार्यक्रम”
  1. Эта информационная заметка предлагает лаконичное и четкое освещение актуальных вопросов. Здесь вы найдете ключевые факты и основную информацию по теме, которые помогут вам сформировать собственное мнение и повысить уровень осведомленности.
    Детальнее – https://quick-vyvod-iz-zapoya-1.ru/

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *