• Sat. Jul 27th, 2024

सन्दर्भः अन्तर्राष्ट्रिय नारी दिवस /अस्पतालका रोगीलाई फलफूल वितरण

BySaptahik Samachar

२३ फाल्गुन २०७८, सोमबार ०८:४४ २३ फाल्गुन २०७८, सोमबार ०८:४४ २३ फाल्गुन २०७८, सोमबार ०८:४४

भद्रपुर २३,फागुन / ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा सोमबार भद्रपुरमा फलफूल वितरण गरिएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरको संयोजनमा सामाजिक व्यक्तित्व स्वर्गीय पर्शुराम अग्रवालको स्मृतिमा उहाँका छोरा बुहारी नितेश अग्रवाल /हर्षा अग्रवालका तर्फबाट मेची अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको हो।

सामुदायिक सेवा केन्द्रकी अध्यक्ष शीला खड्का श्रेष्ठका अनुसार, मेची अस्पतालमा भर्ना भएका ८७ जना रोगीलाई सामग्री वितरण गरिएको हो। अस्पताल अन्तरगतको पोषण पुनर्स्थापना गृह, प्रशुति सेवा, इमर्जेन्सी कक्ष र बालबच्चा कक्ष सहित नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र भद्रपुर झापाको अपाङ्ग आवास गृहका अपाङ्गता भएका ७ जनालाई पनि फलफूल वितरण गरिएको छ ।

फलफूल वितरण कार्यक्रममा मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर टंकप्रसाद वारकोटी , दाता परिवारबाट समाजसेवी हर्षा अग्रवाल, संयोजक संस्था सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष शीला खड्का लगायत पदाधिकारी सदस्यहरूको सहभागिता थियो। सोही अवसरमा भद्रपुर – ६ स्थित श्रीकृष्ण द्वैपायन गुरूकुल वेद विद्याश्रममा पनि त्यहाँका बटुकहरूका लागि फलफूल प्रदान गरिएको छ। अध्यक्ष खड्काका अनुसार गुरूकुलका ५६ जना विद्यार्थीलाई फलफूल वितरण गरिएको हो। आजै सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुर र साना हातहरु नेपालको आयोजनामा स्वयंसेवी महिलाहरू वीच नेपाली अन्ताक्षरी प्रतियोगिता सम्पन्न गरिएको छ। नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्य र सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरकी अध्यक्ष शीला खड्काको अध्यक्षतामा भएको प्रतिष्पर्धात्मक कार्यक्रममा वडा नं.५ को टोली प्रथम, ६ नं. दोस्रो र ८ नं. टोली तेस्रो भएको थियो।

11 thoughts on “सन्दर्भः अन्तर्राष्ट्रिय नारी दिवस /अस्पतालका रोगीलाई फलफूल वितरण”
  1. Your style is so unique in comparison to other folks I’ve read stuff from. I appreciate you for posting when you’ve got the opportunity, Guess I’ll just book mark this site.

  2. Howdy! This blog post could not be written much better! Reading through this post reminds me of my previous roommate! He constantly kept preaching about this. I will forward this article to him. Fairly certain he will have a great read. I appreciate you for sharing!

Leave a Reply

Your email address will not be published. Required fields are marked *