• Mon. Jul 22nd, 2024

सत्य साई केन्द्र चन्द्रगढीको रक्तदान कार्यक्रम

BySaptahik Samachar

८ मंसिर २०७८, बुधबार १६:१९ ८ मंसिर २०७८, बुधबार १६:१९ ८ मंसिर २०७८, बुधबार १६:१९

भद्रपुर ०८,मंसिर / श्री सत्य साई बाबाको ९६ औं जन्मोत्सवको पुण्य अवसरमा आज चन्द्रगढीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। श्री सत्य साई केन्द्र चन्द्रगढीको आयोजनामा भएको रक्तदान कार्यक्रममा एक महिला सहित २३ जनाले रक्तदान गरेको जनाइएको छ।
सत्य साई केन्द्र चन्द्रगढीका अध्यक्ष शुभलक्ष्मी श्रेष्ठको सभापतित्वमा भएको रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी भद्रपुरको रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो। कार्यक्रम सफल पार्न केन्द्रकी पूर्व अध्यक्ष गोमा भट्टराई,अन्जु कर्माचार्य, शशी गुरागाईं,चेतनाथ भट्टराई लगायत पदाधिकारी सदस्यले सहजीकरण गरेको जनाइएको छ।

7 thoughts on “सत्य साई केन्द्र चन्द्रगढीको रक्तदान कार्यक्रम”
  1. Hi, just required you to know I he added your site to my Google bookmarks due to your layout. But seriously, I believe your internet site has 1 in the freshest theme I??ve came across.Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut

Leave a Reply

Your email address will not be published. Required fields are marked *