• Sat. Feb 24th, 2024

सत्मिलन अध्यक्षमा यशोदा तेस्रो पटक निर्वाचित / कीर्तनमा दान गर्नेलाई सम्मान

BySaptahik Samachar

२१ पुष २०८०, शनिबार २०:५० २१ पुष २०८०, शनिबार २०:५० २१ पुष २०८०, शनिबार २०:५०

भद्रपुर २१, पुस / सत्मिलन महिला समूहको अध्यक्षमा यसोदा कँडेल कोइराला पुनः चयन हुनुभएको छ।कँडेल अध्यक्ष पदमा तेस्रो कार्यकालको लागि सर्वसम्मत चयन हुनुभएको हो।
भद्रपुर – ७ मा आज सम्पन्न एघारौं साधारण सभा तथा छैटौं अधिवेशनले १३ सदस्यीय कार्य समितिनै सर्वसम्मत चयन गरेको हो। समितिको उपाध्यक्षमा सविता श्रेष्ठ,
सचिव मेनका शर्मा, सहसचिव हिरा गेलाल, कोषाध्यक्ष उमा भट्टराई र सहकोषाध्यक्षमा बिष्णु कोइराला चयन हुनुभएको छ। त्यस्तै,सदस्यहरूमा जमुना न्यौपाने,
सूर्य श्रेष्ठ, मुना कन्दङवा, चन्दा कोइराला, शान्ति राई,
पुर्णिमा राजवंशी र मेलिना न्यौपाने हुनुहुन्छ।

प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र समूहकी अध्यक्ष यशोदा कँडेल कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा श्री कृष्ण जन्माष्टमीमा दान गर्ने दाताहरू दीनबन्धु गोयल,जानुका कार्की, ठाकुर प्रसाद चापागाईं, महेन्द्र कोइराला, अम्बिका प्रसाई, पुरूषोत्तम अधिकारी,दिपेश ढकाल र ओम खड्कालाई सम्मान गरिएको थियो।

२०७९ को तिज मिलन कार्यक्रमका कलाकार तथा २०८० को कृष्ण अष्टमीमा लगाइएको अखण्ड कीर्तनमा दान गर्ने दाताहरूलाई सम्मान गरिएको सत्मिलन महिला समूहकी अध्यक्ष कँडेलले जानकारी दिनुभयो।

उपाध्यक्ष सविता श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रमका अध्यक्ष रेमनाथ चुडाल, महिला संघ क्षेत्रीय सभापति उर्मिला गौतम, विभुती विद्या मन्दिरका प्रिन्सिपल गोविन्द लम्साल, वडा नं. ८ वडाध्यक्ष गौरव सुब्बा,
वडा नं. ७ वडाध्यक्ष अभिषेक ढुङ्गाना, भद्रपुर नगरपालिकाका निवर्तमान मेयर जीवनकुमार श्रेष्ठ र
प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेलले शुभकामना मन्तव्य राख्नुभएको थियो।
सोही कार्यक्रममा नयाँ सदस्यता समेत वितरण गरिएको थियो।

One thought on “सत्मिलन अध्यक्षमा यशोदा तेस्रो पटक निर्वाचित / कीर्तनमा दान गर्नेलाई सम्मान”

Leave a Reply

Your email address will not be published. Required fields are marked *