• Sat. Jul 27th, 2024

संघ र प्रदेशको निर्वाचन दुई चरणमा/कहाँ,कहिले?

BySaptahik Samachar

२४ जेष्ठ २०७९, मंगलवार १७:४३ २४ जेष्ठ २०७९, मंगलवार १७:४३ २४ जेष्ठ २०७९, मंगलवार १७:४३

काठमाडौं । सरकारले संघीय र प्रदेशसभाको निर्वाचन दुई चरणमा गर्ने भएको छ । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले दुई चरणमा निर्वाचन गर्ने तयारी गरेको हो ।

आयोगसँगको परामर्शका आधारमा सरकारले आगामी कात्तिक २७ मा प्रदेश १, मधेस र वाग्मतीमा संघ र प्रदेशको निर्वाचन एकैपटक गर्ने भएको हो ।

त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मंसिर ३ मा संघ र प्रदेशको निर्वाचन गर्ने भएको हो ।

‘स्थानीय तह निर्वाचनको अनुभवका आधारमा सुरक्षा, तयारीसहितका विषयले पनि दुई चरणमा निर्वाचन गर्नुपर्ने देखियो । हामीले यसकै आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी सरकारसँग छलफलमा तयारी गरेका हौं’ स्रोतले भन्यो, ‘दुई चरणमा कात्तिक २७ र मंसिर ३ मा निर्वाचन हुने भएकाे छ । मितिको घोषणा छिट्टै हुन्छ ।’

यअघिल्लोपटक पनि संघ र प्रदेशको निर्वाचन दुई चरणमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *