• Fri. Jan 23rd, 2026

संघसंस्थासँग हातेमालो, रगत व्यवस्थापनको प्रयास

BySaptahik Samachar

२४ भाद्र २०८०, आईतवार १८:२६ २४ भाद्र २०८०, आईतवार १८:२६ २४ भाद्र २०८०, आईतवार १८:२६

भद्रपुर २४ भदौ / नेपाल रेडक्रस सोसाइटी भद्रपुर र महेशपुर उपशाखाको संयुक्त आयोजनामा भद्रपुरका रक्तदाता संस्थाहरूको समन्वय बैठक सम्पन्न भएको छ। रक्त सञ्चार सेवा केन्द्रमा रगतको अभाव हुन नदिन भद्रपुरका सक्रिय संघ संस्थाका वीच समन्वय गरी रगतको नियमित आपूर्तिका लागि सुझाव संकलन गर्न र व्यवस्थापनलाई चुस्त बनाउन समन्वय वैठक राखिएको हो।
रेडक्रस सोसाइटी महेशपुर उपशाखाका सभापति शमशेर तामाङको अध्यक्षता र भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संघसंस्थाबाट सहभागी विक्रम वाग्ले, तोया गड्तौला, पार्वती ओझा, दीपेश ढकाल, माधव घिमिरे, सञ्जय भुईंमाली, तुलाराम राजवंशी, हरि पोखरेल, सीता भण्डारीले सुझाव राख्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि पोखरेल, निवर्तमान नगर प्रमुख जीवनकुमार श्रेष्ठ, रेडक्रस झापाका कोषाध्यक्ष ओमप्रकाश गौतम,रक्त सञ्चार सेवा केन्द्रका इन्चार्ज शिशिर दाहालले मन्तव्य राखेको कार्यक्रममा उपशाखाका सचिव केदार महतले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो ।

रेडक्रस भद्रपुरका सभापति गोपाल गिरीले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर उपशाखाका उपसभापति शर्मिला अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो।

11 thoughts on “संघसंस्थासँग हातेमालो, रगत व्यवस्थापनको प्रयास”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *