• Sat. Feb 24th, 2024

संगठन विस्तारमा विश्व हिन्दु परिषद्

BySaptahik Samachar

२८ फाल्गुन २०७९, आईतवार १९:३३ २८ फाल्गुन २०७९, आईतवार १९:३३ २८ फाल्गुन २०७९, आईतवार १९:३३

शिवसताक्षीमा नगर समिति गठन

भद्रपुर , २८ फागुन / बिश्व हिन्दु परिषद,नेपालको शिबसताक्षी नगर भेला शिबगञ्ज बजार स्थित शिबालयको सभा हलमा सम्पन्न भएको छ। परिषदको झापा जिल्ला समितिको आयोजनामा भएको नगर भेला स्थानीय जेष्ठ नागरिक मानबहादुर दाहालको प्रमुख आतिथ्य र बिश्ब हिन्दू परिषद नेपाल झापाका अध्यक्ष होमनाथ ढुङगेलको अध्यक्षतामा भएको हो।
परिषदका जिल्ला उपाध्यक्ष देबेन्द्रकिशोर ढुङ्गाना,जिल्ला सदस्यद्वय सत्येन्द्रकुमार कर्ण र सुमन साह,स्थानीय समाजसेवी टंकप्रसाद सिटौला, पबित्रा दंगाल लगायतका बक्ताहरुले समाजमा ब्याप्त गरीबि,अशिक्षा र जातीय बिभेदलाई बिजिनेश गर्न पल्केकाहरूले गाउँ बस्तीहरुमा पसेर बढ्दो बिदेशी धर्म प्रचारका मिशिनेरीहरु चलाएको बिरुध्द संगठित भई आदिबासीसहितको समाजमा धार्मिक जन जागरण अभियान सुरु गर्न मांग गर्दै धर्मान्तरणका बिरुध्द गाउँ बस्तीहरुबाट उठ्न आवश्यक रहेको बताए ।
परिषद्की सम्भाग प्रमुख सीतादेबी ढुङ्गेलद्वारा सम्पन्न सो भेलाले टंकप्रसाद सिटौला अध्यक्ष र गोमा रिजाल सचिब रहेको २१ सदस्यीय बिश्व हिन्दु परिषद नेपाल शिब सताक्षी नगर समिति सर्ब सम्मतिले गठन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *