• Fri. Oct 25th, 2024

शिक्षा समितिको खारेजी पछि भद्रपुर नगरपालिकाको बैठक सुचारु

BySaptahik Samachar

१ माघ २०७९, आईतवार ०८:०६ १ माघ २०७९, आईतवार ०८:०६ १ माघ २०७९, आईतवार ०८:०६

भद्रपुर १,माघ / दुई दिनदेखि बस्न नसकेको भद्रपुर नगर कार्यपालिकाको बैठक हिजो भने बसेको छ। नगर कार्यपालिकालाई गुमराहमा राखेर सीमित व्यक्तिको स्वार्थमा नगर शिक्षा समिति गठन गरेपछि आक्रोशित बनेका वहुमत बोर्ड सदस्यले बैठक बहिष्कार गरेपछि दुईपटक डाकिएको नगर बैठक बिफल भएको थियो।
नगर प्रमुख गणेश पोखरेलले असन्तुष्ट बनेका जनप्रतिनिधिहरूसमक्ष विवादित शिक्षा समिति र सो समितिले गरेका सम्पूर्ण निर्णय खारेज गर्ने मौखिक सहमति जनाएपछि नगर कार्यपालिकाको बैठक शनिबार दोस्रो पटक भने बसेको थियो।
शनिबार दिउँसो बसेको नगर कार्यपालिका बैठकको पहिलो प्रस्तावमै शिक्षा कार्यविधिविपरीत गठित शिक्षा समिति र त्यस समितिले गरेको सम्पूर्ण निर्णय खारेज गर्ने निर्णय गरिएको कार्यपालिका सदस्य विवेक राजवंशीले जानकारी दिनुभयो । अवैधानिक शिक्षा समिति र त्यसले गरेका निर्णय खारेजीको एक सूत्रीय मांग उनीहरूको थियो।
खारेजी पछि सोही बैठकले नगर शिक्षा कार्यविधिबमोजिम शिक्षा समितिमा कार्यपालिकाबाटै एक महिला र एक दलित गरी तीन जना सदस्य मनोनित गरेको छ।कार्यपालिका बैठकले नगर शिक्षा कार्यविधिबमोजिम शिक्षा समितिको महिला सदस्यमा सीता गुरुङ, दलित सदस्यमा प्रशंसा ठटाल र खुला सदस्यमा विवेक राजवंशीलाई सदस्यमा मनोनित गरेको जनाइएको छ।
मनोमानी ढङ्गले गठन गरिएको शिक्षा समिति खारेज गर्न माग गर्दै नेकपा (एमाले) का ११ जना र राप्रपाका ३ जना गरी १४ जना कार्यपालिका सदस्यहरूले शुक्रबारदेखि कार्यपालिका बैठक बहिष्कार गरेका थिए।

नगरपालिकाले पुनः शनिबार बिहान ८ बजे डाकेको बैठक पनि उनीहरूले बहिष्कार गरेका थिए। निर्णय फिर्ता लिने जानकारी आएपछि दिउँसो साढे १ बजे कार्यपालिका बैठक बसेको थियो। सहमति पछि बसेको बैठकले तोकिएका अन्य सवै प्रस्तावहरूमाथि छलफल गरी निर्णयहरू भएको नगरपालिकाले जनाएको छ। 
 
Related Post

भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत
झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।
यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध
One thought on “शिक्षा समितिको खारेजी पछि भद्रपुर नगरपालिकाको बैठक सुचारु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed