• Sat. Jul 27th, 2024

शारीरिक अपाङ्गता भएका आचार्यलाई स्वयम्भू स्मृति प्रतिष्ठानबाट सहयोग

BySaptahik Samachar

९ फाल्गुन २०८०, बुधबार ०७:३६ ९ फाल्गुन २०८०, बुधबार ०७:३६ ९ फाल्गुन २०८०, बुधबार ०७:३६

भद्रपुर ८,फागुन / समाजशास्त्रमा एम ए. गरेका शारीरिक अपाङ्ग प्रेमराज आचार्यलाई स्वयम्भूलाल स्मृति प्रतिष्ठान भद्रपुरले १० हजार रूपैयाँ नगद सहयोग गरेको छ। राजधानी काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस भृकुटीमण्डपबाट स्नातकोत्तर गरेका आचार्यलाई शोधपत्र तयार गर्न सो रकम प्रदान गरिएको हो।

बाजुरा जिल्ला जगन्नाथ गाउँ पालिकाको वडा नम्बर ५ मा बस्ने आचार्य शारीरिक अपाङ्ग हुनुका साथै आर्थिक रूपले पनि कमजोर परिवारका सदस्य हुनुहुन्छ।
पढाइमा अतिनै रूचि राख्ने उहाँले समाज शास्त्रमा स्नातक गरेको र अब शोधपत्रका लागि आर्थिक अभाव भएको जानकारी आफुले पाएपछि प्रतिष्ठानबाट १० हजार सहयोग गरेको प्रतिष्ठानका सञ्चालक धनजुजु श्रेष्ठले बताउनुभयो। आचार्यले ‘विश्वकर्मा जातिका महिलाको जीविकोपार्जनमा आएका परिवर्तन’ शीर्षकमा शोधपत्र तयार गर्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *