• Fri. Oct 25th, 2024

शरीरमा आगो लगाएकी बुद्धशान्तिकी रम्तेलको उपचारको क्रममा मृत्यु

BySaptahik Samachar

९ फाल्गुन २०८०, बुधबार १०:०१ ९ फाल्गुन २०८०, बुधबार १०:०१ ९ फाल्गुन २०८०, बुधबार १०:०१
facebook sharing button
messenger sharing button
twitter sharing button

भद्रपुर ९,फागुन / पाँच दिनअघि आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति–२ गोपालडाँडा घलेगाउँकी माया रम्तेलको मृत्यु भएको छ ।

२८ वर्षीय रम्तेलको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

रम्तेलले घरायसी समस्याका कारण ५ वर्षीया छोरी वर्षा विकलाई सलले आफैसंग बाँधेर शरीरमा आगो लगाएकी थिइन् ।

रम्तेलले शरीरमा आगो लगाएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले घाइते आमाछोरीलाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।तर, छोरी वर्षाको सोही दिन मृत्यु भएको थियो । घटनास्थलमा सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ । उक्त नोटमा श्रीमानले बाहिरी महिलाहरूसँग सम्बन्ध बनाएकाले आफूले आत्महत्या गरेको लेखिएको छ ।

Related Post

भद्रपुर रनको आय व्यय सार्वजनिक, लगभग दुई लाख बचत
झापाको भद्रपुरमा आदिवासी राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा प्रकाशित तथा आदिवासी राजवंशी समुदायका विद्वान अग्रज व्यक्तित्वहरू टेकनारायण राजवंशी लगायत रणकुमार राजवंशी, पानीलाल राजवंशी, लखनलाल राजवंशी, दलसिंह राजवंशी,पवन राजवंशी ,पामर राजवंशी र कमलप्रसाद राजवंशीले लेखेको पुस्तक र ‘ कोच राजवंशी जातिको चिनारी ‘ र पानीलाल राजवंशीद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘ राजवंशी नेपाली शब्द संग्रह’को कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजवंशीबाट विमोचन र लेखक-सम्पादकलाई सम्मान। रासविस.का झापा अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षतामा शनिवार भएको विमोचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राजवंशी, प्रदेश सांसद निमसरी राजवंशी, भद्रपुर नगर पालिकाका नगरप्रमुख गणेश पाेखरेल, रासविस.का केन्द्रीय अध्यक्ष सुमन्तकुमार राजवंशी,आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव कमल राजवंशी,वडा अध्यक्ष रतिया राजवंशी, पुनम राजवंशी,राजवंशी युवा मञ्च भद्रपुरका नगर अध्यक्ष अजय राजवंशी तथा पुस्तकका लेखक र सम्पादकले पनि मन्तव्य राखेका थिए।रासविस.झापाका उपाध्यक्ष जीतलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहनलाल राजवंशीले गर्नुभएको थियो ।
यस बर्षको छैठ पूजा भव्यताका साथ सम्पन्न गर्न भद्रपुरबासी ऐक्यबद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed